नेपालमा भ्याक्सिन कोल्डचेन विकासका लागि युनिसेफलाई जापानकाे अनुदान

काठमाडौँ– कोभिड–१९ खोप आपूर्ति र वितरणमा शीतभण्डार श्रृंखला विस्तारका लागि जापान र संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ)ले सहकार्य गरेका छन् । जापान सरकारले युनिसेफलाई शीतभण्डार श्रृंखला विकासका लागि अनुदान सहयोग दिएको छ ।
यो अनुदान अन्तर्गत जापान सरकारले ९ वाक–इन–कुलर, ३८ सोलारमा आधारित खोप रेफ्रिजरेटर, एक हजार एक सय ९ लङ–रेन्ज खोप क्यारिअर तथा ५३ शीत बाकस नेपालमा देशभर खोप वितरणका लागि उपलब्ध गराएको छ । यी सामग्री नेपालमा गत वर्षदेखि नै आपूर्ति हुन थालिसकेका थिए भने सबै जनवरी ३० मा जापानले सबै सामग्री उपलब्ध गराइसकेको छ ।
नेपाल लगायत देशमा खोप आपूर्तिका लागि कोल्डचेन विकास गर्न जापानले युनिसेफलाई ४ करोड १० लाख अमेरिकी डलर उपलब्ध गराएको थियो ।
यो अनुदान सहायतामा शीत भण्डारको सञ्चालन र मर्मतका लागि जनशक्ति विकासका साथै कोभिड–१९ खोपको प्रभावकारी व्यवस्थापन अनुमगन तालिका समेत समावेश रहेको नेपालका लागि जापानी राजदूत किकुता युताकाले उलेख गरेका छन् ।
‘ओमिक्रोन संक्रमणसँगै हामीले कोभिड–१९ महामारीको तेश्रो लहर भोग्यौं, यसले पनि नेपाल सरकारको पहिलो प्राथमिकतामा खोपको आपूर्ति र वितरण रहेको छ,’ राजदूतलाई उद्धृत गर्दै जापानी दूतावासले भनेको छ, ‘खोप अभियानको लक्ष्य प्राप्तिका लागि खोपहरूको उपयुक्त भण्डारण क्षमता विकास गरी देशभर वितरण क्षमता वृद्धि गर्न आवश्यक छ ।’
जापानले नेपाललाई वृहत्तर सहयोग प्रदान गर्दै आइरहेको छ । १६ लाख मात्र खोपका अतिरिक्त एम्बुलेन्स, स्वास्थ्य सामग्री तथा शीतभण्डार उपकरण लगायत कोभिड–१९ विरुद्धको लडाइँमा विभिन्न सहयोग प्रदान गरेको छ । हालैमात्र जापानले नेपालको आर्थिक पुनरुत्थान, आर्थिक विस्तार र सामाजिक उत्थानशीलताका लागि १०.४७ अर्ब रुपैयाँ ऋण सहयोग प्रदान गरेको छ ।

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया