हराएको २४ लाख खोप खोज्न छानबिन समिति गठन

काठमाडौँ - सरकारले हराएको २४ लाख कोभिडविरुद्धको खोपको खोजीका लागि छानबिन समिति गठन गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. गुणराज लोहनीको संयोजकत्वमा सरकारले पाँच सदस्यीय समिति गठन गरेको हो ।
समितिले दुई हप्तामा प्रतिवेदन दिने बताइएको छ । समितिमा प्रमुख जनस्वास्थ्य प्रशासक यशोदा अर्याल, अनिल थापा, अभियान गौतम सदस्य छन् भने वरिष्ठ स्वास्थ्य प्रशासक डा. गुणनिधि शर्मा सदस्य सचिव रहेका छन् ।
समितिलाई खोप अभिलेख विवरण अध्यावधिक गर्ने अख्तियारी दिइएको छ । कोभिड महामारीमा ल्याइएकामध्ये २४ लाखको हिसाकिताब नभएको मन्त्रालयले जनाएको थियो ।

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया