ग्लोबल छनोट प्रशिक्षणमा नेपाली क्रिकेट टोली
काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोली ओमानमा आयोजना हुने आईसीसी पुरुष टी–ट्वान्टी विश्वकपको ग्लोबल छनोटका लागि प्रशिक्षणमा जुटेको छ ।
नेपाली टोलीले ओमानमा आयोजना हुने आईसीसी पुरुष टी–ट्वान्टी विश्वकपको ग्लोबल छनोटका लागि तयारी गरिरहेको छ । ग्लोबल छनोटमा नेपाल रहेको समूह ‘ए’ अन्तर्गतका खेलहरु फेब्रुअरी १७ देखि २४ तारिखसम्म आयोजना हुनेछ ।
यस समूहमा आयोजक ओमानसहित, नेपाल, फिलिपिन्स, क्यानाडा, युएई, बहराईन, आयरल्यान्ड र जर्मनी रहेका छन् । समूह ‘ए’ अन्तर्गत विभाजन भएको ग्रुप टु मा नेपाल, क्यानाडा, फिलिपिन्स र ओमान रहेका छन् ।
नेपालले ओमानविरुद्ध खेल्दै छनोटको सुरुआत गर्नेछ । नेपाल र ओमानबीचको खेल फेब्रुअरी १८ तारिखमा ओमान क्रिकेट एकेडेमी ग्राउन्डमा हुनेछ । छनोट अघि नेपालले ओमानमा चारदेशीय टी–ट्वान्टी सिरिज खेल्ने छ ।
सिरिजमा नेपालसहित आयरल्यान्ड, युएई र ओमान रहेका छन् । यस्तै भारतीय मुलका प्रशिक्षक रघु राम श्रीनिवास नेपाली क्रिकेट टिमको फिल्डिङ कन्सल्ट्यान्ट प्रशिक्षक नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले श्रीनिवास फिल्डिङ कन्सल्ट्यान्ट प्रशिक्षकको रुपमा नेपाली टोलीसँग जोडिएको जनाएको छ ।

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_1kRTXHuHfw_4lj21vzzpdllzd7atqz8ivzs6fxgn4onyieg9byibska9xhoc4r9dwwxw2nn.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

प्रतिक्रिया