माघमै नयाँ पार्टी घोषणा गर्ने तयारीमा वामदेव

काठमाडौँ- वामदेव गौतमले नयाँ पार्टी गठन गर्ने तयारी गरेका छन् । राष्ट्रिय सभा सदस्यसमेत रहेका गौतमले वर्तमान अवस्थामा विकृत राजनीतिको विकल्प दिन नयाँ पार्टी गठनको तयारीमा रहेको इकागजलाई बताए । उनका अनुसार पार्टीको नाम भने कम्युनिस्ट नभएर प्रजातान्त्रिक मिलाएर राख्ने तयारी छ ।
‘मेरो योजना माघभरिमा कुनै एउटा मार्क्सवादी पार्टीको जग हाल्ने विचार छ,’ इकागजसँग उनले भने, ‘नयाँ पार्टीको नाम चाहिँ कम्युनिस्ट पार्टी हुँदैन । नाम प्रजातान्त्रिक मिलाएर राख्नुपर्छ । त्यो मार्क्सवादी-लेनिनवादी पार्टीनै हुन्छ । त्यसका उद्देश्य, लक्ष्य र क्रियाकलाप कम्युनिस्ट पार्टीका जस्तै हुन्छन् ।’
गौतम नेकपा एमालेबाट राजीनामा दिएर राष्ट्रिय एकता अभियानमा गठन गरेका थिए । गौतमको अन्तर्वार्ता केहीबेरमा इकागजमा प्रकाशित हुँदैछ ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया