एमसीसी अनुमाेदन गर्न एमालेले सहयाेग गर्छ भन्नु भ्रम हाे - महासचिव पोखरेल

काठमाडौंँ- एमाले महासचिव शंकर पोखरेलले आफ्नो पार्टीको माग सम्बोधन नभएसम्म अन्य एजेण्डामा सहभागी नहुने स्पष्ट पारेका छन् ।
एमालेले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट अनुमोदन गराउन सहयोग गर्ने चर्चा चलिरहेका बेला पोखरेलले यसबारे धारणा सार्वजनिक गरेका हुन् ।
एमाले महासचिव पोखरेलले यो चर्चालाई भ्रम भनेर टिप्पणी गरेका छन् । ‘जबसम्म प्रतिनिधिसभाको अवरोधका विषयमा नेकपा एमालेको मागको सम्बोधन हुँदैन, तबसम्म अन्य एजेण्डामा सहभागी हुने कुरा छैन । भ्रम नछरौं,’ पोखरेलले मंगलबार सामाजिक सञ्जालमा लेखेका छन् ।
एमालेको माग भनेको सभामुखले १४ सांसदलाई पदमुक्त गरेको सूचना संसद् सचिवालयको सूचना पार्टीमा टाँस गरेको हुनुपर्ने छ । तर, सभामुख अग्निप्रसाद सापकोटाले यसलाई अस्वीकार गर्दै आएका छन् ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया