बालिकालाई जबरजस्ती करणी गरी गर्भवती बनाएको आरोपमा पक्राउ

बार्दिया– बर्दियामा जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ परेका छन्। प्रहरीले १३ वर्षीया बालिकालाई जबरजस्ती करणी ग।रेको अभियोगमा ठाकुरबाबा नगरपालिका–६का मनिराम थारुलाई आइताबार प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार थारुले ती बालिकालाई गएको वैशाख २७ गते घरमा एक्लै भएको अवस्थामा डरत्रास देखाई जबरजस्ती करणी गरेका थिए । बालिकालाई गर्भवती समेत बनाएको भन्ने खबर माघ १६ गते प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
उनी उपर जबरजस्ती करणी सम्बन्धी कसूरमा जिल्ला अदालत बर्दियाबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया