बिहीबार २६ असार, २०८२
Thursday, July 10, 2025

किसानलाई ६० लाखको आधुनिक उपकरण

उदयपुर- प्रधानमन्त्री कृषि आधुनिकरण परियोेजना अन्तर्गत उदयपुरका किसानलाई सोमबार उदयपुर जिल्लाको सदरमुकाम गाईघाट बोक्सेमा रु ६० लाख बराबरको विभिन्न आधुनिक कृषि उपकरण तथा समग्री वितरण गरिएको छ ।    
    
प्रधानमन्त्री कृषि परियोजना एकाईले जिल्लाका विभिन्न किसानलाई आधुनिक कृषि विकासको लागि आधुनिक उपरकण तथा सामग्री ५० प्रतिशत अनुदानमा वितरण गरिएको एकाइका सूचना अधिकारी उत्तम पोखरेलले बताए। जिल्लाका ५५ समूहका किसानलाई कृषिको नयाँ प्रविधि र उपकरण तथा सामग्री वितरण गरिएका छन्।    
    
 वितरण गरिएका उपरकण तथा कृषि सामग्रीमा ट्र्याक्टर १, पावर ट्रिलर १, मिनी ट्रिलर २५, कम्बाइमिल २९, बीडर १, भ¥याङ , फुटस्प्रेट ६, तौल मेसिन २६, थ्रेसर दुई थानलगायतका उपकरण तथा सामग्री छन् ।    
    
यस्तै जिल्लाको चौदण्डीगढी नगरपालिकाको विभिन्न सहकारीलाई पनि आर्थिक सहयोग उपलब्ध गराएको सूचना अधिकारी पोखरेलले बताए । चौदण्डीगढी नगरपालिकाको जीवन बहुउद्देश्य कृषि फार्म र दूधकोशी बहुउद्देश्य कृषि फार्मलाई रु २२ लाख बराबरको आर्थिक सहयोग उपलब्ध गराएको पनि सूचना अधिकारी पोखरेलले बताए ।