इजरायलले नेपाललाई दियो पाँच लाख ६३ हजार थान सिरिन्ज

काठमाडौँ- इजरायलले कोभिड–१९ विरुद्ध लड्न नेपाललाई पाँच लाखभन्दा बढी सिरिन्ज प्रदान गरेको छ । नेपालका लागि इजरायलका राजदूत हनान गोडरले हवाईमार्गबाट ल्याइएका पाँच लाख ६३ हजार थान सिरिन्ज आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रतिनिधिलाई हस्तान्तरण गरे।
“यो सहयाग महामारीविरुद्धको अन्तर्राष्ट्रिय सङ्घर्षको एक हिस्सा हो । महामारीविरुद्धको नेपालीको प्रयासमा सहयोग गर्न पाउँदा इजरायल गर्व गर्छ”, सिरिन्ज हस्तान्तरण गर्दै राजदूत गोडरले भने। नेपाल सरकारको सन् २०२२ को खोप लक्ष्य पूरा गर्न तथा महामारीलाई नियन्त्रणमा ल्याउन इजरायलले दुई राष्ट्रबीचको ऐक्यबद्धताको सङ्केतका रूपमा नेपालका जनतासँग मानवीय सहायता बाँड्न पाएकामा उहाँले खुसी व्यक्त गरे ।
विगत दुई वर्षदेखि इजरायल सरकारले कोभिड–१९ विरुद्ध लड्न नेपाललाई सहयोग गर्दै आएको छ । यहाँस्थित इजरायलको दूतावासले जुन २०२० मा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई व्यक्तिगत सुरक्षा उपकरण, मास्क, डिजिटल थर्मोमिटर, सर्जिकल ग्लोभ्स, स्यानिटाइजर, कीटाणुनाशक साधनलगायत स्वास्थ्य सामग्री हस्तान्तरण गरेको थियो ।

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया