भारतबाट बिजुली आयात ४६८ मेगावाट
स्वदेशका उत्पादन आधाभन्दा कम

काठमाडौं : जडित क्षमताभन्दा झन्डै आधा उत्पादन घटेपछि भारतबाट विद्युत् आयात पनि उकालो लाग्न थालेको छ । ऊर्जाको खपत वृद्धिसँगै स्वदेशी जलविद्युत् गृहका उत्पादनमा ह्रास आएपछि विद्युत् प्राधिकरणले ११ हजार २ सय ३८ मेगावाट घण्टा (४६८ मेगावाट) बिजुली आयात गरेको छ । प्राधिकरणका अनुसार आगामी दिनमा ८ सय मेगावाटसम्म आयात हुने अनुमान छ ।
गत वर्ष आयात गरिएकोभन्दा यो परिमाण अझ कम हो । गत वर्षको माघ महिनामा प्राधिकरणले भारतबाट ७२७ मेगावाट आयात गरेको थियो । यसपालि माथिल्लो तामाकोसीको उत्पादन थपिएपछि आयात कम भएको हो ।
प्राधिकरणको प्रणाली सञ्चालन विभागका निर्देशक सुरेशबहादुर भट्टराईका अनुसार यतिबेला उच्चतम माग (पिक) १७१० मेगावाट पुगेको छ । अघिल्लो वर्ष ३१ जनवरी, २०२१ मा सुख्खायामको सबैभन्दा उच्चतम माग १४७४.७९ मेगावाट थियो ।
त्यसैगरी गत वैशाख (२६ अप्रिल, २०२१) को उच्चतम माग १४८१.८५ मेगावाट थियो । जाडो बढेकाले बिजुली खपत पनि वृद्धि भएको निर्देशक भट्टराईले बताए । उनका अनुसार प्रणालीमा बिजुलीको माग २९ हजार ४ सय ४८ मेगावाट घण्टा (झन्डै ३ करोड युनिट) पुगेको छ ।
विद्युत् प्राधिकरण, उसका सहायक कम्पनी र निजी क्षेत्र गरी देशभर हाल झन्डै २ हजार मेगावाटको जडित क्षमता छ । तर प्राधिकरणका आफ्नै विद्युत् गृहबाट २९१ मेगावाट मात्र उत्पादन भइरहेको छ । त्यस्तै निजी क्षेत्रबाट ३२३ मेगावाट र प्राधिकरणका सहायक कम्पनीहरुबाट १४३ मेगावाट उत्पादन भएको छ ।
देशकै सबैभन्दा ठूलो माथिल्लो तामाकोसी (४५६ मेगावाट) ले मेगावाट घण्टा (करिब ९६ मेगावाट) मात्र उत्पादन गरेको छ । साँझपखको पिकको समयमा भने माथिल्लो तामाकोसीले ४५६ मेगवाट नै उत्पादन गर्न सक्छ ।
निजी क्षेत्रको करिब ८ सय मेगावाट जडित क्षमता भए पनि आधाभन्दा कम उत्पादन भएको छ । निजी क्षेत्रका सबै जलविद्युत् गृहहरु नदी प्रवाही छन् । प्राधिकरण र उसका सहायक कम्पनीहरुबाट उत्पादित बिजुली मात्र अर्धजलाशय (पिकिङ) युक्त भएकाले उच्चतम माग भएका बखत जडित क्षमताअनुसार उत्पादन गर्न सक्छन् ।
प्राधिकरणले गत पुसको अन्तिम सातादेखि भारतबाट आयाती बिजुलीको परिमाणलाई बढाएको छ । ‘लाइनको फल्ट नभएमा र भारततर्फ कुनै व्यवधान नभए बिजुली आपूर्तिमा समस्या नहोला,’ भट्टराईले मंगलबार इकागजसँग भने ।

विद्युतीय दुर्घटनाबाट मृत्यु हुनेका परिवारलाई १० लाखसम्म राहत दिइने

बौदीकालीमा बल्ल पुग्यो बिजुली

ऊर्जा मन्त्रालयको हटलाइन : एक महिनामा १९ सय उजुरी
_7ALsX0Sr8x_xvalc0txdefm34rcrxbzzplqhq3cnfzupilh6h4yxisyyat3jsfpnejx5hwa_XECuGpiKiu_3lmqzrbv7lhuj2iyre4bauvdzil1wr9gx7ufrl4kly1ryytyjpbulfajwli2.jpg)
भारतको सहयोगमा निर्माण हुने १० परियोजनाको समझदारी पत्रमा हस्ताक्षर

नेपालको जलविद्युत्मा लगानी गर्न भारतीय ठूला कम्पनी तयार

जलविद्युत् आयोजनाको ‘मकिङ’ खोलामा फाल्दा बाढीको जोखिम

पानीका स्रोतलाई आर्थिक समृद्धिका लागि उपयोग गर्नुपर्छ : मन्त्री खड्का

प्रतिक्रिया