बिहीबार ०५ असार, २०८२
Thursday, June 19, 2025

मरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण फुटबलमा पनि नेपाल विजयी

काठमाडौँ : मरिससविरुद्धका दोस्रो मैत्रीपूर्ण फुटबलमा पनि नेपाल विजयी भएको छ । मंगलबार बेलूकी सकिएको खेलमा नेपालले मरिससलाई १–० गोलले हराएको छ । नेपालको जितमा सुजल श्रेष्ठले खेलको १० औँ मिनेटमा गरेको गोल निर्णायक बन्यो ।

त्यसपछि पहिलो र दोस्रो हाफमा नेपालले केही सुन्दर मौका पाएपनि त्यसको सदुपयोग गर्न सकेन । खेल मैत्रीपूर्ण भएपनि केही तनावपूर्ण रह्यो । मरिससका दुई खेलाडीले रातो कार्ड पाउँदा नेपालका एक जना खेलाडीले रातो कार्ड पाएका थिए ।

यसअघि भएको पहिलो मैत्रीपूर्ण फुटबलमा पनि नेपाल १–० गोलले विजयी भएको थियो ।