प्रदेश १ मा ५३३ जनामा कोरोना पुष्टि

विराटनगर- प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५३३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार ७८५ जनाको पीसीआर परीक्षण गर्दा ३०१ र ७८० जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २३२ जनामा सङ्क्रमण देखिएको हो ।
मन्त्रालयका अनुसार पीसीआर परीक्षणका क्रममा मोरङमा १३१, झापामा ६५, सुनसरीमा ५३, धनकुटामा सात, उदयपुरमा ६, भोजपुर र इलाममा तीन/तीन, तेह्रथुममा दुई, सङ्खुवासभा र पाँचथरमा एक/एक तथा प्रदेश बाहिरका २९ जनामा कोरोना देखिएको हो ।
मोरङको विराटनगरमा ९७, बेलबारीमा सात, पथरीशनिश्चरेमा पाँच, उर्लाबारी र सुन्दरहरैचामा चार/चार, मिक्लाजुङमा तीन, कटहरी, जहदा र स्थानीय तह नखुलेका दुई/दुई, कानेपोखरी, सुनवर्षी, ग्रामथान, रङ्गेली र बूढीगङ्गामा एक/एक, झापाको दमकमा १४, विर्तामोडमा १२, भद्रपुरमा १०, गौरादह, अर्जुनधारा र कमल गाउँपालिकामा पाँच/पाँच, कनकाई र बुद्धशान्तिमा चार/चार, मेचीनगरमा तीन, गौरीगञ्ज, शिवसताक्षी र स्थानीय तह नखुलेका एक/एक जनामा सङ्क्रमण देखिएको छ।
यसैगरी सुनसरीको इटहरीमा १८, धरानमा १२, दुहवी र बर्जुमा तीन/तीन, इनरुवा, गढी र देवानगञ्जमा दुई/दुई, रामधुनी र कोशी गाउँपालिकामा एक/एक र स्थानीय तह नखुलेका नौ, धनकुटाको धनकुटा नगरपालिकामा चार, महालक्ष्मी, पाख्रीबास र स्थानीय तह नखुलेका एक/एक, उदयपुरको कटारी र त्रियुगामा दुई/दुई, चौदण्डीगढी र बेलकामा एक/एक, भोजपुरको भोजपुर नगरपालिकामा दुई र टेम्केमैयुङमा एक, इलामको इलाम नगरपालिका, रोङ र फाकफोकथुममा एक/एक, तेह्रथुमको छथर र मेन्छेयायेममा एक/एक, सङ्खुवासभाको धर्मदेवी र पाँचथरको फिदिममा एक/एक तथा प्रदेश बाहिरका २९ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
प्रदेशमा ७७२ जना कोरोनाबाट मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा कोरोनाबाट दुई महिला र एक पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ । प्रदेशमा सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या पाँच हजार २४३ रहेको छ ।

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया