सोमबार ०२ असार, २०८२
Monday, June 16, 2025

एमसीसीबारे चित्रबहादुर केसीलाई पाँच प्रश्‍न

अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे चर्को बहस सुरु भएको छ । राष्ट्रिय जनमोर्चाले नेपालमा एमसीसी लागू गर्न नहुने र त्यसलाई खारेज गर्नुपर्ने माग राख्‍दै आएको छ । एमसीसीबारे जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलाई इकागजले पाँच प्रश्‍न सोधेको छ । 

- एमसीसी पारित गर्ने कि खारेज गर्ने भन्‍नेबारे चर्को बहस भइरहेको छ ।  जनमोर्चाको धारणा के हो ?
एमसीसी खारेज गर्नुको विकल्प नै छैन । नेपाल नै सिद्‌याउने अमेरिकाको योजनामा ? के अब नेपाल अमेरिकालाई बुझाउने ? अहिलेसम्‍म कुनै शासकले त्यो दुस्साहस गरेको थियो ?

- संशोधन गरेर पारित गर्न सकिन्छ भन्ने पनि बहस सुनिन्छ नि । 
अमेरिकाले फुलिस्टप र कमा मात्रै पनि फेरबदल हुँदैन भनेर भनिसकेको छ । संशोधन नै हुँदैन भनेर भनिसक्यो त । नेपाल सरकारले सोधिसक्यो त । एमसीसी बोक्‍दाखेरी नेपालको राष्ट्रियता, सार्वभौमिकता र अखण्डतालाई खतरा छ । 

- जनमोर्चा सत्ता गठबन्‍धनमा पनि छ । यदि सत्ता गठबन्‍धनले पारित गर्‍यो भने नि ?
षड्यन्त्र सुरु भएपछि एमसीसी लागू गर्न हुँदैन भनेर विरोध गर्ने हामी नै हौँ । जस्तो सुकै मुल्य चुकाएर भए पनि खारेज गर्नुपर्छ ।

- यदि सत्ता गठबन्धनले एमसीसी पारित गर्‍यो भने के गर्नुहुन्छ, गठबन्धनबाट बाहिरिनुहुन्छ ?
नेपाल ठूलो कि गठबन्‍धन ? गठबन्‍धन त प्रतिगमनकाविरुद्ध बनाएको हो । गठबन्‍धनभन्‍दा पहिले पनि एमसीसी थियो त । तपाईंहरूलाई गठबन्‍धनबाट जनमोर्चा हटोस् भन्‍ने यस्तो चिन्ता किन हो ?

- यदि त्यस्तो भयो भने के गर्नुहुन्छ भन्ने जिज्ञासा नि त ?
राष्ट्रिय जनमोर्चाको लागि गठबन्‍धन, चुनाव, सरकारभन्‍दा नेपाल देश ठूलो हो । राजनीतिक दलहरूले साम्राज्यवादीहरूलाई खुसी पारेर उनीहरूको योजना लागू गरेर आफू सत्ता र सरकारमा बस्‍ने स्थिति राणाको पालादेखि थियो अहिले नेपाली समाजले भोगिरहेको छ, देखिरहेको छ । देश दिनप्रति दिन टाँट पल्टिँदै गएको छ । यहाँको प्राकृतिक स्रोत र साधनमाथि विदेशीहरूले दाँइ हालेका छन् । यहाँका युवाहरू विदेशमा लखेटिएका छन् । मुख्य कुरा एमसीसी पास भयो भने नेपालको हालत के हुन्छ होला भन्‍ने चिन्ता लिनुपर्छ ।

यात्रुहरूको सुरक्षा इनड्राइभको सर्वोच्च प्राथमिकता हो

यात्रुहरूको सुरक्षा इनड्राइभको सर्वोच्च प्राथमिकता हो

शिक्षा विधेयक र नयाँ शिक्षा ऐनमा निजी विद्यालयका विषयलाई उठाउन नेशनल प्याब्सनमा मेरो उपस्थिति

शिक्षा विधेयक र नयाँ शिक्षा ऐनमा निजी विद्यालयका विषयलाई उठाउन नेशनल प्याब्सन…

जनताले प्रजातन्त्रको पूर्ण अनुभूति गर्न पाउनुपर्छ : सांसद भुवनबहादुर सुनार

जनताले प्रजातन्त्रको पूर्ण अनुभूति गर्न पाउनुपर्छ : सांसद भुवनबहादुर सुनार

आत्मकेन्द्रित राजनीतिले सङ्घीयतामा चुनौती थपिँदैछः सांसद शेर्पा

आत्मकेन्द्रित राजनीतिले सङ्घीयतामा चुनौती थपिँदैछः सांसद शेर्पा

प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक संसद् संविधान संशोधनको मिलनविन्दु हुनसक्छ : वर्षमान पुन

प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक संसद् संविधान संशोधनको मिलनविन्…

वाम–लोकतान्त्रिक सहकार्यको प्रस्ताव राष्ट्रहितमा छ : राष्ट्रियसभा सदस्य गोपाल भट्टराई

वाम–लोकतान्त्रिक सहकार्यको प्रस्ताव राष्ट्रहितमा छ : राष्ट्रियसभा सदस्य गोपाल भट्टर…

संविधान संशोधनका नाममा संघीयता र मधेशको अधिकारको प्रश्न उठाउन पाइँदैनः मुख्यमन्त्री सिंह

संविधान संशोधनका नाममा संघीयता र मधेशको अधिकारको प्रश्न उठाउन पाइँदैनः मुख्…

नेपालमा एम-पक्सको सर्तकता तथा निगरानी

नेपालमा एम-पक्सको सर्तकता तथा निगरानी