स्याङ्जा अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालन

स्याङ्जा- जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालनमा आएको छ । बिजुली नहुँदा जडान भएर पनि जिल्ला अस्पतालमा लामो समयदेखि अक्सिजन प्लान्ट सञ्चालनमा आउन सकेको थिएन ।
काेभिड सङ्क्रमणका समयमा अक्सिजन प्लान्टको महसुस गरी गत असारमा सो प्लान्ट स्थापना गरिएको हो । विद्युतको समस्याले त्यसयता प्लान्ट सञ्चालन गर्न नसकिएको प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले जानकारी दिए ।
'झण्डै सात/आठ महिनासम्म प्लान्ट प्रयोगविहीन अवस्थामा रह्यो', उनले भने, 'नेपाल विद्युत प्राधिकरणसँगको समन्वय र सहयोगमा विद्युतको क्षमता विस्तार गरी प्लान्ट सञ्चालनमा ल्याइएको हो ।'
काेभिड सङ्क्रमण दर बढ्दै गएपछि प्लान्ट सञ्चालनका लागि प्रजिअ पौडेलले समन्वय गरेका थिए । अक्सिजन प्लान्ट सञ्चालनमा आएसँगै अब जिल्लाका बिरामीलाई अक्सिजनको अभाव नहुने अस्पताल सञ्चालक समितिका अध्यक्ष ईन्द्रबहादुर गोदारले बताए । पन्ध्र एनएमक्यूब क्षमताको उक्त प्लान्टले प्रतिघण्टा १५ हजार लिटर अक्सिजन उत्पादन गर्न सक्ने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रमेशप्रसाद आचार्यले जानकारी दिए । प्लान्टबाट दैनिक ७० देखि ७५ वटा सिलिण्डर भर्न सकिने उनले बताए । रासस

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया