देउवा, दाहाल र नेपालको बैठक : एमसीसीमा सहमतिको बिन्दु खोज्दै गठबन्धन

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । बुधबार दिउँसो प्रधानमन्त्री देउवासँग छलफल गर्न दाहाल र नेपाल बालुवाटार पुगेका थिए ।
'प्रधानमन्त्रीले एमसीसी पास गर्न सहयोग गर्नुहोस् भन्नुभयो । माओवादी अध्यक्ष दाहालले संशोधन नगरी पास गर्न नहुने अडान राख्नुभयो' एक नेताले इकागजसँग भने ।
एमसीसीबारे सत्ता गठबन्धनमा समस्या नभएको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए । एमसीसीमा सहमतिको विन्दु खोज्न लागिपरेको मन्त्री कार्कीले बताए ।
त्यस्तै प्रधानमन्त्री देउवाले निर्वाचन आयोगका पदाधिकारीहरूसँग जेठ ४ मा स्थानीय चुनाव गर्ने बताएका थिए । स्थानीय चुनावको मिति भने अब बस्ने मन्त्रिपरिषद बैठकबाट तय गरिने प्रधानमन्त्री देउवाको भनाइ थियो ।

प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार

‘प्रधानमन्त्रीको स्पेन भ्रमणबाट मित्र राष्ट्रसँगको सम्बन्ध थप सुदृढ बनाउन सहयोग पु…

'सरकारमाथि चौतर्फी प्रहार भइरहेको छ'

स्वास्थ्यमन्त्री पौडेल डिस्चार्ज

प्रधानमन्त्री ओली स्वदेश फर्किए

प्रधानमन्त्रीसँग प्रवासी नेपाली मञ्चको अन्तरक्रिया : स्वदेश फर्किएर विकास र समृद्ध…

‘नेपाली श्रमिकको स्वामित्व राज्यले लिनुपर्छ’

प्रतिक्रिया