भारतबाट बाल श्रमिकको उद्दार

काठमाडौँ - भारतमा बाल श्रमिकका रूपमा कार्यरत बालकहरूलाई नेपाल प्रहरी र थ्री एन्जल्स संस्थाको संयुत्त टोलीले उद्दार गरेका छन् । इलाका प्रहरी जमुनाहा बाँके तथा थ्री एन्जल्स संस्थाको संयुक्त टोलीले भारतमा बाल श्रममा लगाइएका बालकहरूलाई उद्दार गरेको हो ।
रौतहट गढीमाई नगरपालिका वडा नम्बर ७ का १७ वर्षीय इब्रान शेख तथा सुर्खेत जिल्लाको रापोखरा बस्ने १६ वर्षीय विकास थापालाई इलाका प्रहरी कार्यालय जमुनाहा बाँके तथा थ्री एन्जल्स संस्थाको संयुत्त पहलमा उद्दार गरिएको इलाका प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
उनीहरूलाई भारतीय सहर लखनउबाट उद्दार गरेको जमुनाहा प्रहरीले जनाएको छ । उद्दार पश्चात उनीहरूलाई सिविन नेपाल बाँकेको जिम्मा लगाइएको छ ।

आँखा पाक्ने रोगबाट बच्न के गर्ने, के नगर्ने ?

सय जना किशोरीलाई ‘पद हस्तान्तरण’ गरिँदै
बालबालिका हराउँछन्, भेटिदैनन्

अब मोटु पत्लु हेर्नुहोस् नेपाली भाषामा

योजना पेश गर्न गाउँपालिका कार्यालय पुगे बालबालिका

अनाथ बालबालिका हेरचाह गर्न गाउँपालिकाले बालगृह खोल्ने

कसरी हटाउने बालबालिकामा कार्टुनको लत ?

प्रतिक्रिया