तापसीलाई कंगनाको व्यंग्य, ‘ तापसी मेरो फ्यान, सधैं गर्छिन् नक्कल ’

मुम्बई : तापसी पन्नु र कंगना रनावत सामाजिक सञ्जालमा बेलाबखत भिडिरहन्छन् । सुशान्तसिंह राजपुतको मृत्युपछि उब्जिएको नातावाद सम्बन्धी विवादमा पनि दुवै एकआपसमा राम्रैसँग भिडेका थिए । कंगनाले बलिउडभित्रको ‘नेपोटिजम’ ले सुशान्तलाई मारेको तर्क गरेकी थिइन् भने तापसीले प्रतिभा भए बाहिरको मानिसले पनि बलिउडमा प्रगति गरेको भन्दै आफूलाई प्रस्तुत गरेकी थिइन् ।
तर, तापसीको कुरा मन नपरेपछि कंगनाले ट्विटमा उनलाई व्यंग्य गर्दै आएकी छिन् । पछिल्लो समय फेरि कंगनाले तापसीलाई झटारो हानेकी छिन् । केही समयअघि कंगनाले एउटा फोटो सामाजिक सञ्जालमा पोस्ट गरिन् । तर, कंगनाका फ्यानले तापसीको त्यो फोटो कंगनाको फोटोसँग दुरुस्त मिलेको पत्ता लगाए ।
तापसीले एली भन्ने पत्रिकाका लागि खिचेको फोटो र कंगनाको फोटोमा माथिको ड्रेस र बस्ने शैली लगभग उस्तै थियो । फेरि त के थियो कंगनाका फ्यान तापसीले कंगनाको नक्कल गर्ने गरेको भन्दै सामाजिक सञ्जालमा उफ्रिए ।
तापसीलाई निचो देखाउने मौका कंगना किन छाड्थिन् ? उनले जिब्रो पड्काउँदै लेखिन् , ‘तापसी मेरो सबैभन्दा ठूलो फ्यान हुन् । हरदम मेरो नक्कल गर्छिन् । म त दंग परेकी छु । यिनले सारा जिन्दगी मेरो मेरो नक्कल गरेरै गुजारने भइन् ।’ उनले पप कल्चरमा अमिताभ बच्चनपछि आफूलाई धेरैले अनुसरण गर्ने गरेको पनि दाबी गरेकी छिन् ।

बबि देओलले गरे जवान निर्देशक एटलीसँग सहकार्य, देखिनेछन् डरलाग्दो रूपमा

चलचित्र ‘जनै हराएको मान्छे' : सम्बन्धका धागाहरू’ को पोस्टर सार्वजनिक

अभय दुवाडीको स्वरमा `माछा खोलीमा´ सार्वजनिक

रङ्गकर्मी मणि कुलुङको नाटक ‘हराएको कुकुर’ शनिबारदेखि मण्डला थियटरमा

असार

अछाम-बाजुरा निर्वाचन क्षेत्रको पहिलो सांसद बूढथापाको स्मृतिग्रन्थ लोकार्पण

गायिका एलिना र समीक्षाले भेटे गृहमन्त्री, भेटपछि यसो भन्छिन् एलिना

प्रतिक्रिया