नक्कली भ्याट बील प्रयोग गरी १ अर्ब ३४ करोड छली

काठमाडौं : नक्कली भ्याट बील प्रयोग गरी १ अर्ब ३४ करोड रुपैयाँ कर छली गर्ने दुई कम्पनीविरुध्द राजस्व अनुसन्धान विभागले मुद्दा दायर गरेको छ । विभागले जरिवाना र कैद सजाय समेत हुन मागदावीसहित पाटन उच्च अदालतमा मुद्दा दर्ता गरेको हो ।
मुद्दा चलाइएकामध्ये बाराको सिमरा पिपरा वडा नम्वर १ को न्यू सयपत्री ईन्टरप्राईजेज प्रोप्राईटर विवेक मगर समेत १३ वटा फर्मका सञ्चालक, प्रोप्रईटरहरू तथा मुख्य कारोवारी मनिष कुमार समेत १५ जना छन् । उनीहरूले एक अर्ब २२ करोड २० लाख रुपैयाँ छली गरेको खुलेको छ । उनीहरूविरुद्ध पुस २२ मा मुद्दा दायर भएको छ ।
त्यस्तै सर्लाहीको बलरा गाउँपालिका वडा नं २ को संकित जेनेरल सप्लायर्स प्रा.लि. सञ्चालक सुवोध साह छन् । उनले १२ करोड ७५ लाख रुपैयाँ छली गरेका हुन् । साहविरुध्द पुस २४ गते मुद्दा दायर भएको विभागले जानकारी दिएको छ ।

आजदेखि घट्यो डिजेल र पेट्रोलको मूल्य

दुई वटा व्यापारिक फर्ममाथि जरिवाना

कतिमा कारोबार हुँदैछ आज विदेशी मुद्रा ?

पेट्रोलियम पदार्थको मूल्य घट्यो

शशीला मोटर्सद्वारा बुटवलमा नेपालको सबैभन्दा ठूलो इभी चार्जिङ स्टेशन सञ्चालनमा

राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडको प्रथम वार्षिक साधारण सभा सम्पन्न

सुदूरपश्चिम विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोड बजेट स्वीकृत

प्रतिक्रिया