शुक्रबार २० असार, २०८२
Friday, July 04, 2025

जुत्ता उद्योगमा आगलाी, दमकल बिग्रिँदा आगो निभाउन समस्या

झापा- झापाको मेचीनगरस्थि काँकडभिट्टामा आगलागी जारी छ । केहीबेरअघिबाट सुरु भएको आगलागी मेचीनगर नगरपालिकाको दमकल बिग्रिएकाले नियन्त्रणमा लिन मुश्किल भएको हो ।

जुत्ता उद्योग एसएस फुटवेरमा भइरहेको आगलागी नियन्त्रणका लागि भद्रपुर र बिर्तामोडबाट दमकल पठाइएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले बताए ।