प्रधानमन्त्री देउवाले गठबन्धनमा भनेका थिए– 'ए बाबा ! संसदमा पेस त गर्न दिनुस्'

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकासँगको एमसीसी सम्झौता संसदमा पेस गर्न दिएर आफूलाई सहयोग गर्न गठबन्धन दललाई आग्रह गरेको बुझिएको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग दुई दिन अघि बालुवाटारमा भएको छलफलमा देउवाले आफ्नै अघिल्लो सरकारले सम्झौता गरेको र झण्डै साढे दुई वर्षअघि पूर्ववर्ती प्रधानमन्त्री केपी शर्मा ओलीका अर्थमन्त्री युवराज खतिवडाले सम्झौता अनुमोदनका लागि संसदमा दर्ता गराएका थिए ।
‘ए बाबा ! संसदमा पेस गर्न त दिनुस्,’ प्रधानमन्त्री देउवालाई उद्धृत गर्दै त्यहाँ उपस्थित स्रोतले भन्यो, ‘त्यत्तिकै राखिराख्न मिल्दैन क्या !’
देउवाले त्यसअघि पनि पूर्ववर्ती प्रधानमन्त्री केपी शर्मा ओलीसँग टेलिफोनमा लामो कुराकानी गरेका थिए ।
आफैंले सम्झौता गरेकाले विश्वसनीयताका लागि पनि एमसीसी सम्झौतालाई संसदमा पेस गर्न देउवाले गठबन्धन दललाई मनाउन प्रयास गरिरहेका छन् । नेकपा एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले अगाडि जे भएपनि संसदमा एकपटक पेस गर्न प्रधानमन्त्रीले पटक–पटक आग्रह गरेको पुष्टी गरेका छन् ।
सभामुख अग्नि सापकोटाले राष्ट्रिय सहमति नभइ कुनै हालतमा एमसीसी पेस गर्न नदिने अडान राख्दै आएका छन् । सभामुखले सरकारले दिएको विजनेसमा तजबिजी अधिकार प्रयोग गर्न नपाउने भन्दै आलोचना भैरहेको छ ।
पूर्व सभामुख दमननाथ ढुंगानाले सरकारले नियमसंगत ल्याएको प्रस्ताव जे सुकै भएपनि सभामुख र प्रतिपक्षले अवरोध गर्न पाउँदैन भनेका छन् ।
नियम संगत प्रस्ताव, एम सि सी नै किन नहोस्, सरकार सदनमा छलफल गराउन चाहन्छ भनें, अवरोध वा असहयोग गर्ने प्रतिपक्ष वा सभामुखको कर्तव्य होइन। पारित हुनु वा नहुनु अर्कै पक्ष हो। माननीयहरुले सदनमा विवेक निर्वाध प्रयोग गर्न पाउन्, सकुन्।
— Daman Nath Dhungana (@daman_nath) February 3, 2022
त्यस्तै, संवैधानिक कानुनका जानकार विपिन अधिकारीले सभामुखका अगाडि प्रधानमन्त्री निरिह देखिएको टिप्पणी गरेका छन् ।
विचरा नेपालका प्रधान मन्त्रीहरु ! यहाँ जनताले दिएको म्यान्डेटको के अर्थ छ र ? उनीहरुलाई बढार्न कहिले राजा प्रयोग भए,कहिले माउँ पार्टीका हरुवाहरु,कहिले शस्त्रधारी,कहिले क्रान्तिकारी, र कहिले राष्ट्रपति।अब सभामुख कुचो लिएर उभिएका छन । प्रजातन्त्रको यो आर्तनाद कुन दैवले सुन्ने होला?
— Bipin Adhikari 🇳🇵 (@BipinLAW) February 3, 2022

टिआइएलाई व्यवस्थित र प्रभावकारी बनाउन लागिपरेका छौँः पर्यटनमन्त्री पाण्डे

प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार

‘प्रधानमन्त्रीको स्पेन भ्रमणबाट मित्र राष्ट्रसँगको सम्बन्ध थप सुदृढ बनाउन सहयोग पु…

'सरकारमाथि चौतर्फी प्रहार भइरहेको छ'

स्वास्थ्यमन्त्री पौडेल डिस्चार्ज

प्रधानमन्त्री ओली स्वदेश फर्किए

प्रधानमन्त्रीसँग प्रवासी नेपाली मञ्चको अन्तरक्रिया : स्वदेश फर्किएर विकास र समृद्ध…

प्रतिक्रिया