आइतबार ०१ असार, २०८२
Sunday, June 15, 2025

सुदूरपश्चिममा हिमपात : सात जिल्ला जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध

कैलाली- हिमपातका कारण सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध भएको छ । बिहीबारदेखिको लगातारको बाक्लो हिमपातका कारण राजमार्ग अवरुद्ध भएको हो ।

राजमार्ग अवरुद्ध भएपछि सवारी आवागमन समेत ठप्प भएको छ । हिमपातका कारण अत्याधिक चिसो बढेपछि जनजीवनमा समेत असर परेको छ । 

बिहिवार देखिनै परेको हिमपातका कारण सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा सडक, खानेपानी, बिद्धुत, ईन्टरनेट लगायतका सेवाहरुमा आंशिक प्रभाव पारेको छ ।