काेभिडका कारण सर्वोच्चको सेवा संकुचन २८ माघसम्म

काठमाडौँ- सर्वोच्च अदालतको सेवा संकुचन २८ माघसम्म जारी रहने भएको छ ।
काेभिड संक्रमणको नयाँ भेरियन्ट ‘अमिक्रोन’ जोखिमका कारण १८ माघसम्म तय भएको सेवा संकुचन बढेर २८ माघसम्म लम्बिएको हो ।
५ माघदेखि बन्दी प्रत्यक्षीकरण र काेभिड महामारी सबन्धित सुनवाइ मात्रै गर्दै आएको सर्वोच्च अदालतको पूर्ण बैठकले थप १० दिन सेवा संकुचनको निर्णयलाई लम्बाउने निष्कर्षमा पुगेको हो ।
मुलुकी फौजदारी संहिता, फौजदारी कार्यबिधि बमोजिम थुनामा रहेका व्यक्तिकाे निवेदन र प्रतिवेदनका साथ मुद्दा दर्ता, पेसी, तारिख र जनस्वास्थ्य मापदण्ड कायम गरी जारी राख्ने पुर्ववर्त निर्णय भने यथावत रहनेछन् ।

मध्यरातमा सर्वोच्चको फैसला : संवैधानिक आयोगका ५२ पदाधिकारीविरुद्ध परेको रिट …

६० किलो सुन तस्करी प्रकरण : अमला रोकालाई धरौटीमा छाड्न आदेश

उच्च अदालतका लागि ४ न्यायाधीश सिफारिस

न्यायाधीशलाई मोसो दल्नु न्यायपालिकामाथि आक्रमण : न्यायाधीश समाज

राजावादीको तीनकुने घटना : दुर्गासहित ७ जना थुनामा, ३२ जना धरौटीमा रिहा (…

सर्वोच्चले ५२ संवैधानिक पदाधिकारीविरुद्धको निर्णय असार १८ गते सुनाउने
आयोगले एकैसाथ तीन मुद्दा दायर गर्यो

प्रतिक्रिया