हो, म विरुध्द तिनीहरू आक्रमणमा उत्रिएका छन्

नेकपा नेता एवं पूर्व उप्रधानमन्त्री भीम रावलमाथि ‘साइवर अपराधी’को शब्दाक्रमण नियमित बनेको छ । ‘हो, मविरुद्ध तिनीहरु नियमित रुपमा आक्रमणमा उत्रिएका छन्’ रावलले आइतबार इकागजसँग कुरा गर्दै भने, ‘त्यस्ता अपराधी नियमित प्रयोग गरिरहँदा प्रधानमन्त्री केपी शर्मा ओलीकै राजनीतिक चरित्र समाप्त हुनेछ ।’
रक्षा तथा गृह मन्त्रालयको नेतृत्व सम्हालेका नेता रावलकै शब्दमा :
‘मैले तिनलाई तिनैले प्रयोग गरेको शब्दमा ‘साइबर सेना’ भनेको हुँ । तर ‘सेना’ नभएर ‘साइवर अपराधी हुन् । किनभने उनीहरुले ‘साइबर सेना’ को कथित नाममा ‘साइवर अपराधी’ कै विकसित हुँदै गरेको ठान्छु ।
उनीहरुले विशेष गरी फरक मत राख्नेहरुको चरित्र हत्या गर्ने, अश्लील शब्द प्रयोग गर्दै तथानाम गाली गर्ने, कसैले राजनीतिक वा संवैधानिक धारणा राख्यो भने गालीको तहमा उत्रन्छन् । तर तिनमा त्यही रुपमा प्रतिवाद गर्न सक्ने क्षमता तिनमा हुने भएन । त्यसरी अपराधीहरुसँग तर्क गर्न सक्ने क्षमता हुन्न । त्यस्तो क्षमता भएको भए अपराधी हुने थिएनन् । उनीहरु ठाडै गाली–गलौज गर्ने, धम्क्याउने क्रियाकलाप संगठित रुपमा लागेका छन् ।
तिनीहरु परिचालित र प्रायोजित मानिसको भीड हो । यो प्रधानमन्त्री ओलीकै गुटले ‘साइवर सेना’ राखेको भनिसकेको छ । यसरी साइवर सेना नाम राख्नु नै गैरकानुनी हो । हाम्रो देशको कानुनले यसरी कसैलाई सेना शब्द प्रयोग दिँदैन । यसले मुलुकको आन्तरिक सुरक्षामा दखल पर्न लाग्योे र त्यसमा प्रतिवाद गर्नुपर्ने भए राज्यले गर्ने काम हो । त्यो सुरक्षा निकायले गर्ने काम हो । गैरकानुनी काममा तिनीहरु त्यसै पनि लागेका छन् । त्यसअतिरिक्त ‘सेना’ नामको पनि दुरुपयोग गरेका छन् । यिनले आफूलाई ‘साइवर सेना’ भनेका हुनाले मैले ‘उद्धरण’ भित्र राख्दै भनेको हुँ । राजनीतिक तहमा प्रतिवाद गर्न सक्ने शव्दावली नभएपछि चरित्र हत्या गर्ने क्रियाकलापमा उद्यत छन् ।
यिनको उद्देश्य होला, मलाई मानसिक रुपमा याताना दिने । म त्यस्तो पात्र हुँ कि पञ्चायतकालमा मण्डलेतन्त्रसँग भिडेको मानिस हुँ । यतिखेर नेपाल कम्युनिष्ट पार्टीका नाममा प्रधानमन्त्री केपी ओलीले तिनै मण्डलेतन्त्रको नयाँ संस्करण जन्माउनुभएकामा मलाई दुःख लाग्छ । तर, इतिहासदेखि नै त्यस्ता तत्व सामना गर्दै आएको हुनाले मलाई त्यसले कुनै असर पार्र्दैन । म के ठान्छु भने यस्तो तहमा उत्रिने मानिसहरु पराजित, हतास, मण्डले प्रवृत्ति र मनस्थितिका मानिस हुन् । अन्ततः यस्तो अराजक झुण्ड बोकेर हिँडेपछि केपी ओलीजीको राजनीतिक चरित्र समाप्त गर्न योगदान पुर्याउँछ भन्ने मेरो ठहर छ ।
त्यस्ता साइबर अपराधी परिचालनमा राज्यको व्यापक दुरुपयोग भएको छ । प्रधानमन्त्रीले साइवर अपराधी मात्र छाडेका छैनन् कि फोन ट्याप गर्न लगाउने र सूचनामा अनधिकृत व्यक्तिलाई पहुँच गराइएको अवस्था छ । अरु देशमा भए त्यस्ता व्यक्तिमाथि छानविन गरी हत्कडी लागिसक्थ्यो । यस्तो बेथिति त पञ्चायतकालमा पनि देखिँदैनथ्यो ।’’

सामुदायिक विद्यालयको नतिजा खस्किनुको कारण खोज्नुपर्छ : लिङ्देन

गिरिजाप्रसाद कोइराला क्रान्ति र शान्तिका नेता: राष्ट्रपति पौडेल

कम्युनिष्टमा बढेको अन्तरविरोध कम गर्न आन्दोलनलाई एकताबद्ध गर्नुपर्छ’

योग्यताका आधारमा प्रतिस्पर्धाबाट शिक्षक छनोट गर्न माग

भ्रष्टाचार गरेको प्रमाण दिए जस्तोसुकै बलिदान दिन तयार छुः अध्यक्ष नेपाल

राष्ट्रियसभाको बैठक बस्दै, के छ सम्भावित कार्यसूची ?

प्रधानमन्त्री ओली स्वदेश फर्कँदै

प्रतिक्रिया