धरानमा पहिलोमात्रा खोप लगाएका २८ वर्षीय संक्रमित पुरुषको मृत्यु

काठमाडौँ- धरानमा कोभिडविरुद्धको पहिलो मात्रा खोप लगाएका २८ वर्षीय संक्रमित पुरुषको मृत्यु भएको छ । बिहीबार राति वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड उपचार केन्द्रमा कोभिडविरुद्धको पहिलो मात्रा खोप लगाएका संक्रमित युवकको मृत्यु भएको हो ।
उदयपुर गाईघाट १२ युवकलाई गत १४ गते कोभिड पुष्टि भएको थियो । सोही दिन उनलाई प्रतिष्ठानको कोभिड उपचार केन्द्रमा भर्ना गरिएको प्रतिष्ठानका सह-प्रवक्ता डा. चुडामणी पोख्रेलले जानकारी दिए ।
हालसम्म प्रतिष्ठानमा २ सय ३९ कोभिड संक्रमितको मृत्यु भएको छ । १ सय ९४ संक्रमितको मिर्गौला डायलासिस गरिएको छ । कोभिड उपचार केन्द्रमा शुक्रबारसम्म २२ जना संक्रमितको उपचार भइरहेको छ ।
‘खोप सुनिश्चितता एक वर्षको होइन, यो निरन्तरता काम हो’

डाक्टरको आन्दोलनले देशभरका अस्पताल ठप्प, बिरामीहरू घर फर्कन बाध्य

गर्मीबाट छालालाई कसरी जोगाउने ? यी हुन् पाँच घरेलु उपाय

साझा यातायातका १५ जना कर्मचारीमा दृष्टिदोष समस्या

नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने

ललितपुर महानगरले गरिदियो एकल महिला र सरसफाइकर्मीको स्वास्थ्य बीमा

यी ६ लक्षण छ ? हुनसक्छ मृगौला फेल

प्रतिक्रिया