लिभरपुललाई अप्रत्याशित टिम बनाउने साडियो माने

काठमाडौं : लिभरपुलविरुध्द उत्रन कुनै पनि टिम सहज मान्दैनन् । योर्गेन क्लपको टिम प्राविधिक रुपमा उच्च स्तरको त छँदैछ, शारीरिक हिसाबमा पनि बलियो छ । अनि एनफिल्डमा लिभरपुल सर्मथकहरूको गर्जनको त ब्याख्या नै गर्नुपरेन । सायदै कुनै टिम लिभरपुलसँग खेल्न उत्साहित हुन्छन् ।
लिभरपलसँग खेल्नु अघि विपक्षि टिमका प्रशिक्षकले कसरी तयारी गर्लान् ? के रणनीति बनाउलान् ? अनि लिभरपुल स्टारहरूलाई रोक्न बनाएको योजना कार्यान्वयन गर्न आफ्ना खेलाडीहरूलाई कसरी सम्झाउलान् ? सायद उनले भन्लान्, मोहम्मद सलाहलाई कुनै पनि हालतमा ‘लेफ्ट सट’ हान्न नदिनु । रोर्बटो फिरमिन्होलाई ‘मार्क’ गर्नु । तर लिभरपुलसँग सलाह र फिरमिन्हो बाहेक अर्का बलियो खेलाडी पनि त छन् । सेनेगलका साडियो माने । उनलाई चाँही कसरी रोक्ने ? उनलाई रोक्न आफ्ना खेलाडीहरुलाई के भनेर निर्देशन दिने ?
मानेले गरेका गोलका ‘हाईलाइट्स’ हेरेर योजना बनाउछु भन्ने हो भने विपक्षी प्रशिक्षक सुरुवातमै हार खान्छन् । किनभने माने हरेक किसिमको गोल गर्छन् । पेनाल्टी बक्सबाट, लामो दुरीबाट, हेडर आदि । कुन कोणमा आफ्ना रक्षक राखेर मानेलाई रोक्ने ? फेरी माने तीब्र गतिमा खेल्छन् । उनलाई भेट्नै मुस्किल पर्छ ।
लिभरपुलले क्लपको नेतृत्वमा सफलता हासिल गर्दा मानेको भूमिका महत्वपूर्ण छ । तर उनलाई मोहम्मद सलाह जस्तो ग्लोबल स्टार मानिदैन । न त प्रिमियर लिगकै केभिन डे ब्रुएना वा ह्यारी केनसँग दाजेर हेर्ने गरिन्छ । कुनै पनि प्रकारको पुरस्कारका लागि योग्य ठानिदैन । सायद उनी विश्व फुटबलले मानेको अन्य स्ट्राइकहरुले जत्तिको संख्यामा गोल गर्दैनन् ।
गत सिजन प्रिमियर लिगमा उनी आफ्नै टिमको पनि सर्वोच्च गोलकर्ता बनेनन् । त्यस अघिको सिजनमा उनले सलाह र आर्सनलका पेयर एमरिक आबुमयाङलाई पछि पार्न सकेनन् । इंगल्यान्ड बाहिरका स्थापित स्ट्राइकरहरूसँग त उनको तुलना हुने नै भएन । रोबर्ट लेवेन्डोस्की, लियोनल मेस्सी, क्रिस्टियानो रोनाल्डो, सिरो इम्मोबिले लगायतका फरर्वाडहरू प्रत्येक सिजन गोल गर्नमा माने भन्दा अगाडि रहन्छन् ।
तर फेरी प्रश्न उही । के मानेलाई खेलमा रोक्न सजिलो छ ? छैन । प्रत्येक सिजन उनी झन् झन् बलियो बन्दै गइरहेका छन् । भलै तथ्यांकले उनलाई युरोपका अरु स्टारहरूको प्रतिस्पर्धी नबनाउँला । उनको उपस्थिती लिभरपुल र सेनेगलको राष्ट्रिय टिमका लागि अपरिहार्य छ ।
लिभरपुलले लिग वा च्याम्पियन्स लिगमा कस्तो लय देखाउने भन्ने निर्धारण, मानेको लयले गर्छ । उनी एउटा पास वा ‘मुभमेन्ट’ ले खेल परिवर्तन गराउने सार्मथ्य राख्छन् । विपक्षि सर्मथकहरूका लागि त माने डरलाग्दो नाम हो । एकैछिन सोचौं त, ‘वान भर्सेस वान’ मा माने विरुध्द कुनै पनि टिमको रक्षक ।
अन्य अफ्रिकी खेलाडी जस्तै माने शारीरिक रुपमा बलिया छन् । अनि उनको कौशल पनि उच्च स्तरको छ । उनी ‘लेफ्ट फुट’, ‘राइट फुट’ दुबैबाट आक्रमण बुन्न सक्छन्, अनि निर्णायक समयमा ‘टर्न’ लिन माहिर छन् । विवेकपूर्ण खेल देखाउँछन् । खेललाई फरक दिशातर्फ मोड्न सक्छन् ।
लिभरपुलले गत सिजन च्याम्पियन्स लिगको उपाधि रक्षा गर्न सकेन । तर क्लप नेतृत्वको लिभरपल युरोपियन क्लब फुटबलमा अझै बलियो मानिन्छ । लिभरपुलसँग हरेक विभागमा स्तरीय खेलाडीहरू छन् तव न इंग्लिस च्याम्पियन घरेलु लिग र युरोपमा बलियो मानिन्छ । त्यसमाथि मानेको उपस्थितीले त लिभरपुललाई अप्रत्याशित टिम बनाएको छ । उनी कुनै पनि बेला मैदान छिरेर गोल गर्न सक्छन् । असिस्ट प्रदान गर्न सक्छन् । माने आर्कषक खेलेर सर्मथकहरूलाई मनोरञ्जन दिन्छन् । आखिर फुटबलको उदेश्य मनोरञ्जन दिनु पनि त हो । माने त्यही तथ्यमा अडिग छन् ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया