रोनाल्डोको गोलमा युभेन्ट्सको प्रभावशाली जित

इटालियन 'सिरी ए' फुटबलमा युभेन्ट्सले सासुओलोमाथि प्रभावशाली जित हात पारेको छ । आइतबार राति क्रिष्टियानो रोनाल्डोले समेत गोल गरेको खेलमा युभेन्ट्सले सासुओलोमाथि ३-१ गोल अन्तरको जित हात पारेको हो ।
घरेलु मैदानमा युभेन्ट्सका लागि रोनाल्डोले एक गोल गर्दा आरोन राम्सी र डानिलोले पनि एक एक गोल नै गरे । सासुओलोका ग्रेगोइरे डेफ्रेले सान्त्वना गोल फर्काए ।
पहिलो हाफमै पेड्रो ओबोयाङले रातो कार्ड खाएपछि सासुओलो १० खेलाडीमा सिमित भएको थियो । जितपछि युभेन्ट्स १६ खेलबाट ३३ अंक जोड्दै अंक तालिकाको चौंथो स्थानमा छ । 'सिरी ए' मा एक खेल बढी खेलेको एसी मिलान ४० अंकका साथ शीर्ष स्थानमा छ भने इन्टरमिलान ३७ अंकसहित दोस्रो स्थानमा छ । रोमा भने ३४ अंकसहित तेस्रो स्थानमा छ ।
युभेन्ट्ससँग हार व्यहोरेको सासुओलो २९ अंकसहित सातौं स्थानमा छ । (एजेन्सी)

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

नेपालको विजयी सुरुवात, भुटान ६-१ गोल अन्तरले पराजित

डेविस कपमा नेपालले भाग लिने

खेलाडी र प्रशिक्षक सम्मानित

पिएसजीलाई सफलतामाथि सफलता, रियललाई ४ गोल हान्दै पुग्यो क्लब विश्वकपको फाइनलमा

प्रतिक्रिया