रोमासँग बराबरीमा रोकियो इन्टर मिलान

काठमाडौं : इटालियन 'सिरी ए' फुटबलको आफ्नो महत्वपूर्ण खेलमा इन्टर मिलानले बराबरी खेलेको छ । आइतबार राति भएको खेलमा दोस्रो स्थानमा रहेको इन्टर मिलान तेस्रो स्थानको रोमासँग २-२ गोलको बराबरीमा रोकियो ।
इन्टरका लागि मिलान स्क्रिनियर र अचरफ हाकिमीले गोल गरे । खेल शुरु भएको १७ औँ मिनेटमा लोरेन्जो पेल्लिग्रिनीको गोलबाट अग्रता लिएको रोमाका लागि ८६ औँ मिनेटमा जियानलुका मान्सिनीले बराबरी गोल गरेका हुन् । इन्टरका लागि मिलानले खेलको ५६ औं मिनेटमा गोल गरेर खेल बराबरीमा ल्याएपछि हाकिमीले ६३ औँ मिनेटमा गोल गरेर अग्रता दिलाएपनि त्यो धेरैबेर टिक्न सकेन ।
रोमाका लागि खेल सकिन १४ मिनेट अघि मान्सिनीले गोल गर्दा इन्टर मिलान बराबरीमा चित्त बुझाउन बाध्य भयो । रोमासँगको बराबरीले इन्टर मिलानले शीर्ष स्थानको एसी मिलानसँग अंकदुरी घटाउने मौका गुमाएको छ । इन्टर मिलान ३७ अंकसहित दोस्रो स्थानमा रहदा एसी मिलान ४० अंकसहित शीर्ष स्थानमा छ ।
रोमा ३४ अंकसहित तेस्रो स्थानमा छ । गएको बर्ष उपाधि उचालेको युभेन्ट्स भने यस बर्षका आधा खेल सकिदासम्म चौथो स्थानमा छ । (एजेन्सी)

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

नेपालको विजयी सुरुवात, भुटान ६-१ गोल अन्तरले पराजित

डेविस कपमा नेपालले भाग लिने

खेलाडी र प्रशिक्षक सम्मानित

पिएसजीलाई सफलतामाथि सफलता, रियललाई ४ गोल हान्दै पुग्यो क्लब विश्वकपको फाइनलमा

प्रतिक्रिया