चौरासी पूजाको डेढ लाख विद्यालयमा अक्षयकोष स्थापना

पाल्पा- रैनादेवी छहरा–५ मुझुङ्गमस्थित कालिका माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गरिएको छ । मुझुङ्गका नारायण बहादुर रायमाझीले बुबा चीत्र बहादुर रायमाझीको चौरासी पूजा नगरी सो वापतको रकम एक लाख ५१ हजार रुपैयाँको अक्षयकोष स्थापना गर्नुभएको विद्यालयले जनाएको छ ।
विद्यालयमा अध्ययनरत कक्षा १ देखि १० सम्मका असहाय तथा जेहेन्दार विद्यार्थीलाई सहयोग गर्न बुबा र स्वर्गीय आमा बोधकुमारीको नाममा अक्षयकोष स्थापना गरेको विद्यालयका प्रधानाध्यापक श्रमण अर्घालीले बताए ।
यसैबीच रुपन्देहीको बुटबल उपमहानगरपालिका ६ अस्पताल लाइनका हर्क बहादुर कार्की र श्रीमती मीना कुमारीले स्वर्गीय बुबा ललित बहादुर र आमा जानुकुमारीका नाममा एक लाख एक हजार एक सय ११ रुपैयाँको अक्षयकोष स्थापना गरेका हुन् । सो विद्यालयमा अक्षयकोषले जेहेन्दार विद्यार्थीलाई सहयोग प्रदान गर्ने प्रअ अर्घालीले बताए। विद्यालयको निर्माणधिन चार कोठे भवन बनाउन ११ हजार १ सय ५५ रुपैयाँ हर्क बहादुरले सहयोग गरे । रासस

सुतिरहेको अवस्थामा १४ महिने शिशुलाई सर्पले डस्यो, अस्पताल लैजाँदालैजाँदै मृत्…
उच्च अदालत तुलसीपुरमा एक दशकयताकै बढी मुद्दा फर्छ्यौट, एक वर्ष नाघेका मुद्दा स…

वन्यजन्तुबाट बाली जोगाउन नसकेपछि टिमुरखेती

नदीमा डुबेर बेपत्ता दुई जनाकोे शव फेला

नेपालमा उत्पादित स्टिलजन्य उत्पादन भारत निर्यातमा रोक

दाङमा छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु

ऋण खोजेर थेरापी सेन्टरका कर्मचारीलाई तलब

प्रतिक्रिया