ईलेक्ट्रिक गाडी ओरा गुड क्याटका रोड टेस्ट सम्पन्न

काठमाडौँ - ग्रेटवाल मोटर नेपालले इलेक्ट्रिक गाडी ओरा गुड क्याटको रोड टेस्ट सफलतापूर्वक सम्पन्न गर्दै नेपाली बजारमा सार्वजनिक गर्ने तयारी गरेको छ । ओरा गुड क्याटले रोड परीक्षणमा विभिन्न भू-भाग र सडकको अवस्थामा सराहनीय प्रदर्शन गरेको कम्पनीको दाबी छ । ओरालो वा उकालो, कालोपत्रे वा ग्राभेल अप्ठ्यारो बाटो सबैतिर गाडीले उत्तिकै उत्कृष्ट प्रदर्शन गरेको बताइएको छ ।
ओरा गुड क्याट शहर, राजमार्ग र अप्ठ्यारो भू(भागमा पनि ड्राइभिङका लागि उपयुक्त रहेको र लामो ड्राइभिङ अनुभवपछि विश्वसनीयता र योग्य कन्फिग्रेसनसाथ आफूलाई उत्कृष्ट साबित गरेको कम्पनीको भनाइ छ । कम्पनीका अनुसार ओरा गुड क्याट जर्मनी, अस्ट्रिया, अमेरिका, जापान र दक्षिण कोरियाका विज्ञसहित विश्वव्यापी टोलीद्वारा राम्रोसँग डिजाइन र विकास गरिएको हो ।
ग्रेटवाल मोटर थाइल्यान्डले मात्रै प्रि-सेल भएको ४८ घण्टाभित्र ओरा गुड क्याटका लागि छ हजारभन्दा बढी अर्डर प्राप्त गरेको कम्पनीको दाबी छ । ओरा गुड क्याटपछि ग्रेटवाल मोटर नेपालले २०२२ भित्रै ओराअन्तर्गत थप दुई इलेक्ट्रिक गाडी लन्च गर्ने जनाएको छ ।

नागढुङ्गा सुरूङमार्ग आगामी पुसभित्र सञ्चालनमा ल्याइने

अन्तर्राष्ट्रिय एभरेस्ट समिटियर्स समिट २०२५ हुँदै

अर्थ मन्त्रालय प्रवेशमा कडाई

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

भरतपुर विमानस्थलमा ठूला जहाज उडान गर्ने प्रयास

सिमलेस दुबई २०२५ मा नेपाल पविलियनको उद्घाटन- नेपाली फिन्टेकको ऐतिहासिक सुर…

नेपाल क्लियरिङ्ग हाउस लिमिटेडकोे अध्यक्षमा चेत प्रसाद उप्रेती नियुक्त

प्रतिक्रिया