ओलीको १० बुँदे निर्देशनमा के छ ?

काठमाडौं : नेकपा (केपी ओली समूह)ले १० बुँदे अन्तरपार्टी निर्देशन जारी गरेको छ । सोमबार नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले १० बुँदे अन्तरपार्टी निर्देशन जारी गरेका हुन् ।
नेकपा ओली समूहले निकालेको विज्ञप्तिमा पुस ७, ८ र ९ गते बसेको केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठकले १० बुँदे अन्तरपार्टी निर्देशन जारी गरेको हो । अन्तरपार्टी निर्देशन भनेर जारी गरिएको विज्ञप्तिमा ओली समूहले प्रतिनिधि सभा विघटन गर्नुको दोष अर्का अध्यक्ष पुष्पकमल दाहाललाई लगाएको छ ।
दाहालले लगातार प्रधानमन्त्री ओलीको राजीनामा माग्नुका साथै सांसदको फर्जी हस्ताक्षर लिएर अविश्वासको प्रस्ताव संसद् सचिवालयमा दर्ता गरेपछि बाध्य भएर प्रतिनिधि सभा विघटन गर्नु परेको उल्लेख गरेका छन् ।
ओलीले बैशाख १७ र २७ गते हुने चुनाव सफल पार्नका लागि कार्यकर्तालाई तयारी थाल्न निर्देशन दिएका छन् । दाहाल र माधव नेपालले लगातार घेराबन्दी गरेपछि बाध्य भएर प्रतिनिधिसभा विघटन गरिएको दाबी ओेलीको छ ।
पार्टी कार्यकर्तालाई प्रशिक्षण तथा आगामी चुनाव सम्पन्न पार्न ओलीले सातै प्रदेशमा नेताहरुलाई जिम्मेवारी तोक्नुका साथै केन्द्रीय कमिटी विस्तार गरेर १५ सय पुर्याएका छन् । ओलीले मनोनित गरेका सदस्यलाई केन्द्रीय कमिटी बैठकले अनुमोदन गरेपछि ओली समूहको केन्द्रीय कमिटी संख्या १ हजार ५ सय १ पुगेको हो ।
यस्तै नेकपा ओली समूहको केन्द्रीय कमिटी बैठकले १६ बुँदे निर्णय गरेको पनि जनाएको छ । बैठकले दिवंगत भएका नेता कार्यकर्तालाई श्रद्धाञ्जली दिनेदेखि उखु किसानको बक्यौता भुक्तानीका लागि पहल गर्न सरकारलाई आग्रह गर्ने निर्णय गरेको छ ।
यस्तै चुनाव सफल पार्न नेता कार्यकर्तालाई आह्वान गर्ने, विप्लव समूहबाट मारिएका मोरङको मिक्लाजुङ गाउँपालिकाका शिक्षक राजेन्द्र श्रेष्ठको हत्याको भर्त्सना गर्ने लगायतका निर्णय पनि गरेको छ । पुस ५ गते प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि नेकपाबाट दाहाल- नेपाल समूह अलग्गिएको थियो ।
प्रतिनिधि सभा विघटनविरुध्द दाहाल-नेपाल समूह सडक आन्दोलनमा उत्रिएको छ भने ओली समूह विघटनको बचाउ गर्दै चुनावमा जानुपर्नेमा जोड दिदै आएको छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया