आइतबार ११ साउन, २०८२
Sunday, July 27, 2025

फुटबलमा अब ‘रोबोट रेफ्री’

काठमाडौं– विश्व फुटबलमा आइपर्ने विभिन्न विवाद सुल्झाउनका लागि ‘रोबोट रेफ्री’को प्रयोग गरिने भएको छ। विशेषगरी अफसाइडको विवादमा यस्तो रेफ्रीको प्रयोग गरिन लागिएको हो।

फिफाले भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) लाई सहयोग गर्न नयाँ प्रविधिको प्रयोग गर्ने भएको जनाएको छ । यसलाई रोबोट रेफ्रीको उपनाम दिइएको छ। यो प्रविधि अन्तर्गत रंगशालाको छतमा रहेका १२ क्यामेराले खेलाडीहरुमा २९ डाटा पोइन्ट निर्माण गर्दछ।

यस प्रविधिले केहि सेकेन्डमै अफसाइडको निर्णय भीएआरलाई पठाउँछ । फिफा क्लब विश्वकपमा पनि यो प्रविधि प्रयोग गरिँदै छ।