शनिबार ०७ असार, २०८२
Saturday, June 21, 2025

सरकारको मापदण्ड उल्लघंन गर्दै प्रदेश कार्यालय उद्घाटन गर्न पौडेल पोखरा जाँदै

फाइल फाेटाे

काठमाडौँ - नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पोखरा जाँदैछन् । नेपाली कांग्रेस गण्डकी प्रदेशको कार्यालय उद्घाटनका लागि पौडेल आज पोखरा जान लागेका हुन् । 

सरकारले कोभिड संक्रमण बढेको भन्दै २५ जनाभन्दा बढी भेला हुन रोक लगाएका बेला पौडेल पोखरा जान लागेका हुन् । 

कार्यालय उद्घाटनमा प्रदेशभरका महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, केन्द्रीय सदस्य तथा पदाधिकारीहरुलाई बोलाइएको बताइएको छ  ।