बुटवलमा जिपले मोटरसाइकललाई ठक्कर दिँदा एककाे मृत्यु

बुटवल - बुटवल उपमहानगरपालिका–२ तिनाउ पुलमा जिपले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ ।
गए राति १२ बजे भएको उक्त दुर्घटनामा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–१ का ३० वर्षीय वासु आचार्यको मृत्यु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा१९च ९१५७ नंको जिपले विपरीततर्फ दिशाबाट आउँदै गरेको आचार्य सवार लु२४प २७५७ नंको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते आचार्यको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा गए राति नै मृत्यु भएको प्रहरीले जनाएको छ । रासस

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया