कांग्रेस महाधिवेशनमा सहभागी हुन नपाएका असन्तुष्ट नेताले जिल्ला अधिवेशन गर्न नदिने

महोत्तरी- नेपाली कांग्रेस महोत्तरीको क्षेत्रीय अधिवेशन अझै विवादमा छ । कांग्रेसको विधानअनुसार वडा, क्षेत्र र पालिकाको अधिवेशन नसकिए केन्द्रीय र जिल्ला अधिवेशनमा सहभागी बन्न पाइँदैन ।
वडा, पालिका र क्षेत्रीय अधिवेशन हुन नसक्दा केन्द्रमा सहभागी हुने कतिपय नेताहरू महाधिवेशनमा भाग लिनै पाएनन् । यही सहभागी बन्न नपाएको प्रतिशाेध महोत्तरीमा छताछुल्ल भएको छ ।
बल्वा नगरपालिका, मनरासिस्वा नगरपालिका वडा नम्बर ८ को अधिवेशन सम्पन्न हुन नसक्दा क्षेत्र नम्बर ३ को अधिवेशन अझै अन्योलमा छ । केन्द्रले जिल्ला अधिवेशन गर्न दिएको निर्देशनप्रति आपत्ति जनाउँदै कतिपय नेताहरू भोकहडतालमा समेत बसे ।
विवादित क्षेत्र, वडा र पालिकाको अधिवेशन नसकेसम्म जिल्ला अधिवेशन गर्न नहुने माग राख्दै कांग्रेस महोत्तरीका पूर्व सचिव बजरंग नेपाली तीन दिनसम्म भोकहडतालमा बसे । क्षमतावान नेताहरु केन्द्रीय महाधिवेशनमा सहभागी बन्न नपाएको, तर जिल्लामा यो दुर्भाग्य नदोहोर्याउने बजरंग नेपालीलगायतका नेताहरूको अडान छ ।
क्षेत्रीय अधिवेशन सम्पन्न गरेपछि मात्र जिल्ला अधिवेशनको मिति निर्धारण गर्नुपर्ने मागसहित तीन दिनसम्म भोकहडतालमा बसेका नेताको मागलाई केन्द्रबाट सम्बोधन त भयो, तर विवादित क्षेत्र नम्बर ३ को अधिवेशनमा केन्द्रले सहजीकरण गर्न नसक्दा अझै अधिवेशनमा अन्योल नै सिर्जना भएको छ ।
कांग्रेसका उपसभापति धनराज गुरुङले भोकहडतालमा बसेका नेता नेपालीसहित उक्त मागका समर्थकलाई परिपत्रसहित क्षेत्रीय अधिवेशन सकाएपछि मात्र जिल्ला अधिवेशन गर्ने विश्वस्त तुल्याएका थिए । तर क्षेत्रीय अधिवेशनका समबन्धमा पटक-पटक छलफल भए पनि निष्कर्षमा पुग्न सकेको छैन ।
जिल्ला सभापतिको आकांक्षीहरु मनोज झा, रागबेन्द्र झा र रामु यादव छन् । मनोज झा र रामु यादव विमलेन्द्र निधि निकट मानिन्छन् भने रागबेन्द्र रामचन्द्र पौडेल निकट हुन् । पौडेल पक्षका नेता रामचन्द्र तिवारीका कारण अधिवेशन हुन नसकेको निधि पक्षका नेताहरूको आरोप छ । पूर्वकेन्द्रीय सदस्यसमेत रहेका नेता तिवारीले केन्द्रीय अधिवेशनमा भाग लिन नपाएको रिस अहिले अधिवेशन हुन नदिने षड्यन्त्र रचिरहेको जिल्लाका नेताहरूको आरोप छ ।
जिल्ला अधिवेशनका लागि भोक हडतालमा बसेका नेता बजरंग नेपाली पनि जिल्ला सभापतिका दावेदार हुन् । यदि क्षेत्र नम्बर ३ को अधिवेशन नसकिए जिल्ला अधिवेशनमा नेता नेपालीले उम्मेदवारी दिन पाउने छैनन् ।
महोत्तरीमा संस्थापन र संस्थापन इतर गरी झन्डै आधा दर्जन प्यानल देखिएका छन् । आसन्न निर्वाचन नजिकिँदै गर्दा कांग्रेसभित्र देखिएको छिन्नभिन्नले निर्वाचनमा समेत ठूलो धक्का लाग्ने स्वयं नेताहरुको आंकलन छ ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया