मधेश प्रदेशमा एक राज्यमन्त्री थपियाे

जनकपुरधाम - मधेश प्रदेश सरकारमा एक राज्यमन्त्री थपिएकाे छ । एकीकृत समाजवादीको तर्फबाट उद्योग पर्यटन तथा वन राज्यमन्त्री पदमा नागेन्द्र यादवलाई नियुक्ति गरिएको हाे ।
आइतबार बिहान नवनियूक्त राज्यमन्त्री यादवलाई प्रलेश प्रमुख हरिशंकर मिश्रले सपथ ग्रहण गराएको मधेश सरकारका प्रवक्ता अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले जानकारी दिए । एकीकृत समाजवादीले मन्त्रिपरिषद्मा सता गठबन्धनमा दुई मन्त्रालय र एक राज्यमन्त्री पाउने सहमतिअनुरूप राज्यमन्त्रीमा यादवलाई नियुक्त गरिएकाे हाे ।
राज्यमन्त्री यादव राैतहट ३ (क) बाट निर्वाचित हुन । नेकपा एसले यसअघि उद्याेग, पर्यटन तथा वन मन्त्रालय र कानुन न्याय तथा प्रदेश सभा मामिला मन्त्रालय सम्भाल्दै आएको छ ।

पानी नपरेपछि वीरगञ्जको गहवामाईमा पर्जन्य यज्ञ !

भूमिहीनहरूलाई जग्गाधनी प्रमाणपुर्जा वितरण

करेन्ट लागेर एक जनाको मृत्यु, दुईको अवस्था गम्भीर

गौशाला नगरपालिकाका ३१ जना प्रधानाध्यापकको राजिनामा

मधेस प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण

वारुणयन्त्रबाट वीरगञ्जमा खानेपानी आपूर्ति

रौतहटमा ‘ड्रोन’बाट वनक्षेत्रको निगरानी

प्रतिक्रिया