भारतको संकट टारेका पन्त शतकबाट चुके

काठमाडौं : भारत र अष्ट्रेलियाबीचको तेस्रो टेस्ट क्रिकेटमा भारतीय युवा व्याट्सम्यान रिषभ पन्तले महत्वपूर्ण ‘इनिङ’ खेलेका छन् । तेस्रो टेस्ट जोगाउन ४ सय ७ रनको विशाल लक्ष्य पाएको भारतका लागि पन्तले महत्वपूर्ण ९७ रनको अर्धशतकीय इनिङ खेलेका हुन् ।
विकेटकिपर समेत रहेका पन्त ९७ रन बनाएर आउट हुँदा शतक बनाउन ३ रनले चुके । कप्तान आजिन्क्या रहाणे ४ रनमै आउट भएपछि दबाबमा परेको भारतको इनिङ चेतेश्वर पूजारासँग मिलेर पन्तले सम्हाले । १ सय १८ बलको सामना गरेका स्टाइलिस व्याट्सम्यान पन्तले १२ चौकाका साथै ३ छक्का समेत प्रहार गरे ।
झण्डै ३ घण्टा क्रिजमा टिकेका पन्तले अन्तिम दिन अष्ट्रेलियन तीब्र गतिका बलरलाइ निराश पारे । औषत ८२ को स्ट्राइक रेटमा रन बनाएका पन्तले पूजारासँग मिलेर शतकीय साझेदारी गरे । पूजारा ७७ रनमा आउट भए । पन्तको व्याट चम्केपछि भारत एक समय जिततर्फ उन्मुख भएको थियो । तर पन्तपछि पूजारा समेत आउट भएका कारण भारत जितसम्म पुग्ने सम्भावना कमजोर बन्यो ।
नाथन लायनको बलमा प्याट कुमिन्सबाट क्याचआउट हुन पुगेका पन्त शतक बनाउन चुकेपछि भारतलाई भने ठूलो संकटबाट जोगाउन सफल रहे । पन्तले यसअघि अष्ट्रेलियासँगको 'टुर म्याच'मा शतक बनाएका थिए । अनुभवी ओपनर व्याट्सम्यान तथा उपकप्तान रोहित शर्मा ५२ रनमा आउट भएलगत्तै कप्तान आजिन्क्या रहाणे पनि ४ रनमै पेभेलियन फर्केपछि भारतीय इनिङ संकटमा परेको थियो ।
टस जितेर पहिले व्याटिङ गरेको अष्ट्रेलियाले पहिलो पालीमा ३ सय ३८ रन बनाएको थियो । भारतलाई २ सय ४४ रनमै अलआउट गराएर ९४ रनको अग्रता जोगाएको अष्ट्रेलियाले दोस्रो इनिङमा ६ विकेट गुमाएर ३ सय १२ रन बनाउँदा पाली समाप्तीको घोषणा गरेको थियो ।
भारतसामू ४ सय ७ रनको विशाल लक्ष्य पेश गरेको अष्ट्रेलियाले पहिलो टेस्ट जितेपनि दोस्रो टेस्ट गुमाएको थियो । चार खेलको टेस्ट श्रृङ्खला एक एकको बराबरीमा छ ।

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

नेपालको विजयी सुरुवात, भुटान ६-१ गोल अन्तरले पराजित

डेविस कपमा नेपालले भाग लिने

खेलाडी र प्रशिक्षक सम्मानित

पिएसजीलाई सफलतामाथि सफलता, रियललाई ४ गोल हान्दै पुग्यो क्लब विश्वकपको फाइनलमा

प्रतिक्रिया