शुक्रबार ०५ बैशाख, २०८२
Friday, April 18, 2025

मोटरसाइकल दुर्घटना : एकको मृत्यु, एक घाइते

मार्तडी - जिल्लाको बुढीगङ्गा नगरपालिका–६ बाम्का बजार नजिकै गए राति  मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु हुनाका साथै अर्को एक जना घाइते भएका छन् । अछाम जिल्ला घर भई बाम्का बजारमा सुन चाँदी  पसल गर्दै आएका मोटरसाइकल चालक बलबहादुर सुनारको घटनास्थलमै मृत्यु भएको र त्यसमा सवार त्रिवेणी नगरपालिका–४ का गगन साउद घाइते भएको प्रहरीले जनाएको छ ।

साउद सख्त घाइते भएकाले अछामको बयालपाटा अस्पतालमा उनको उपचार भइरहेको बताइएको छ।फालासैनबाट बाम्का जाँदै गरेको सुप्रप–०१–००८प ४०५० नंको मोटरसाइकल अनियन्त्रित भई ठोक्किएको थियो । रासस