राजस्व छलेको अभियोगमा सात जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ – राजस्व अनुसन्धान विभागले राजस्व चुहावट गरेको अभियोगमा सात जनाविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।
विभागले मकवानपुर मनहरी–६ का विशाल राई, सिन्धुली भीमस्थान–५ का मुकुन्दप्रसाद काफ्ले, वीरगञ्ज महानगरपालिका–२२ का इन्तयाजुल हक मन्सुरी, सोही स्थानका इन्ताज मन्सुरी, धादिङ गजुरी–४ का सन्तोषी नेपाली, पर्सा बगही–९ का रुपेश तिवारी र अर्का ठेगाना नखुलेका देवलाल कुशवाहाविरुद्ध मुद्दा दायर गरेको हो।
विभागले अभि ड्रेडर्स कलैया–७ बाराको गत मङ्सिर ३ गतेको विजक नं ७१ बमोजिम प्लास्टिकको दाना बोकेको ना७ख ७२५ नम्बरको ट्रकमा चालक विशाल राईले विजक र प्रमाणपत्रबिनाको ३१ पोका कपडा वीरगञ्जबाट लुकाइछिपाइ काठमाडौँतर्फ ल्याइरहेका बेला पक्राउ गरेको थियो ।
विभागले आरोपी सात जनाविरुद्ध ५८ लाख ७९ हजार ७४६ बराबरको बिगो कायम गरी यही माघ २० गते मुद्दा दायर गरेको आज प्रेस विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

न्याय सम्पादनमा न्यायकर्मीले सेवाग्राहीबाट अतिरिक्त आर्थिक लाभ लिनु हुँदैनः अध्य…
विशेषको फैसलाविरुद्ध आयोग सर्वोच्चमा

रामबहादुर बम्जनको मुद्दा उच्च अदालतले उल्ट्यायो
५ वर्षमा नि टुंगिएन् संवैधानिक निकायका ५२ नियुक्तिको मुद्दा, आज पनि हेर्दाहेर्…
सेनिटरी प्याड खरिदमा भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर
विशेषको फैसलाविरुद्ध अख्तियार पुग्यो सर्वोच्चमा

प्रतिक्रिया