लघुवित्तहरूलाई पुर्नकर्जा दिँदै राष्ट्र बैंक, माघ १२ सम्म आवेदन दिनुपर्ने

काठमाडौं : नेपाल राष्ट्र बैंकले लघुवित्तहरूलाई पुर्नकर्जा दिन आवेदन खुलाएको छ । राष्ट्र बैंकले प्रदान गर्ने पुर्नकर्जा कुल पुनकर्जा प्रदान गर्न सकिने रकमको १० प्रतिशतभन्दा बढी हुँदैन ।
लघुवित्तले अघिल्लो त्रैमासको पुँजीकोषको अधिकतम् ६५ प्रतिशतसम्म पुर्नकर्जा माग गर्न पाउनेछन् । विगत तीन वर्षभित्र सञ्चालक समितिका पदाधिकारीहरू तथा कार्यकारी प्रमुखलाई कारबाही नभएको हुनुपर्ने प्रावधान छ ।
पुर्नकर्जाका लागि लघुवित्तहरूले माघ १२ सम्म आवेदन दिनुपर्नेछ । यो अवधिभित्र लघुवित्तहरूले आफ्ना प्रत्येक शाखाबाट लघु, घरेलु तथा साना उद्यम, विशेष र साधारण पुर्नकर्जा पाउने ऋणीका लागि एउटा शाखा बराबर पाँच ग्राहकले सुविधा पाउने गरी निवदेन दिनुपर्ने हुन्छ । पुर्नकर्जाका सम्बन्धमा नेपाल राष्ट्र बैकबाट सबै शाखाले न्यूनतम पाँच आवेदन अनिवार्य रुपमा पेश गर्नुपर्ने व्यवस्था छ । भर्खरै सञ्चालनमा आएका शाखाको हकमा शाखा सञ्चालनमा आएको ६ महिनासम्म सो व्यवस्था अनिवार्य हुँदैन ।
निवदेन बुझाउने म्याद सकिएको १ महिनामा राष्ट्र बैंकले पुर्नकर्जा सम्बन्धी निर्णय गर्नेछ । पुर्नकर्जा स्वीकृत गर्दा पूर्ण वा आंशिकरूपमा पुर्नकर्जा स्वीकृत गर्नेछ ।
त्यसपछि तालिका बनाई विभिन्न चरणमा अलग अलग किस्तामा पुर्नकर्जा उपलब्ध गराउने कार्यविधिमा उल्लेख छ । तरलताको अवस्था सहज भएमा एकैपटक उपलब्ध गराउन पनि सकिने राष्ट्र बैंकले जनाएको छ ।
कोभिड-१९ बाट प्रभावित व्यवसायीलाई राहत दिन पुर्नकर्जा कार्यविधि जारी गरेको थियो । तर, कोभिड-१९ को प्रभाव न्यूनीकरणको लागि मात्र पुर्नकर्जाको व्यवस्था गरिएको भने होइन । कोभिड- १९ को महामारी सुरु हुनुभन्दा अघि पनि पुर्नकर्जाको व्यवस्था थियो । राष्ट्र बैंकले प्रदान गर्ने पुर्नकर्जा र सहुलियतपुर्ण कर्जामा ब्याज अनुदान एकै किसिमका सुविधा होइनन् ।
पुर्नकर्जाको लागि विद्यमान निर्देशन अनुसार ऋणीले आफ्नो व्यवसायमा कम्तीमा २० प्रतिशत पुँजी लगानी गरेको हुनु पर्दछ । नेपाल राष्ट्र बैंकवाट बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कर्जा वापत पुर्नकर्जा रकम प्रदान गरिने भएकोले पुर्नकर्जा सुविधामा समावेश भएका ग्राहक ऋणीले ब्याजदरमा सहुलियत मात्र प्राप्त गर्दछन् । थप कर्जा रकम प्राप्त गर्दैनन् ।
पुर्नकर्जाको अवधि नसकिँदै पुर्नकर्जाको सुविधा प्राप्त गर्ने ग्राहक ऋणीले चाहेमा आफ्नो कर्जा रकम चुक्ता गर्न सकिन्छ । यसरी रकम चुक्ता गर्दा पुर्नकर्जा लिए वापत कुनै पनि किसिमको अतिरिक्त शुल्कहरू तिर्नु पर्दैन ।

नबिल बैंक ४२औँ वर्षमा प्रवेश, सूचकांक र प्रविधिमा अब्बल

ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित

आगामी आवको मौद्रिक नीतिको अन्तिम तयारी गर्दै राष्ट्र बैंक

एनआईसी एशिया बैंक र एनसीएचएलबीच अलीपे प्लस अन्तरदेशीय भुक्तानी सम्झौता

एभरेष्ट बैंकको १३३औँ शाखा मधेश प्रदेशको महोत्तरी जिल्ला अन्तर्गत बर्दिबासमा विस्…

गरिमा विकास बैंक एनपीएस नेसनल कार्ड स्विच तथा नेपाल कार्डमा आबद्ध

‘नबिल सस्टेनेबल बैंकिङ’ पाँचौ वर्षमा प्रवेश, नबिल ग्रीन विक मनाइँदै

प्रतिक्रिया