लागुऔषधसहित नक्कली प्रहरी पक्राउ

जनकपुरधाम – सिरहाबाट प्रहरी निरिक्षक हुँ भन्दै धम्काउने नक्कली प्रहरी लागुऔषधसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाको गौरादह नगरपालिका १ घर भई काठमाडौं महानगरपालिका–४ मण्डिखाटार बस्दै आएका ३२ वर्षीय अशिम गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवाष बुढाथोकीले जानकारी दिए ।
शुक्रवार अपरान्ह साढे ३ बजे सिरहा नगरपालिका ७ स्थित युवराज डिलक्सको बस काउण्टरमा प्रहरी निरिक्षक हुँ भन्दै धम्काउंदै प्रहरीलाई शंका लागेपछि चेकजाँच गर्दा उनको साथबाट लागुऔषध भएपछि नियन्त्रणमा लिएका छन् ।
गुरुङले बोकेको झोलाबाट नाइट्रोभेट–१० लेखिएको ३९ पिस ट्याब्लेट, स्पास्मो प्रोक्सिवन प्लस २२ पिस बरामद गर्नुका साथै प्रहरी निरीक्षक भन्दै प्रयोग गर्दै आएका प्रहरी निरीक्षक अशिम गुरुङ लेखिएको नेपाल प्रहरीको नक्कली परिचय पत्र, नक्कली रिभल्वर १ थान, रिभल्वर राख्ने होलस्टर १ थान, ड्याईगन चक्कु १ थान बरामद गरिएको प्रवक्ता बुढाथोकीले जनाएको छ ।
त्यस्तै उनको साथबाट साइरास्याङ्गबो र अशिम गुरुङ लेखिएको मेटल नेम प्लेट २ थान, मोबाइल २ थान, चेकबुक, एटिएम कार्ड, अशिम गुरुङ नामको नेपाली नागरिकताको फोटोकपी, नेपाली रुपैयाँ ३ हजार र एनसेलको ३ वटा सिम समेत प्रहरीले बरामद गरेको छ ।

‘छाउगोठ बनाउने र बस्न बाध्य पार्नेलाई सुविधामा पुर्नविचार गछौं’

पूर्वतयारी र चुस्त प्रतिकार्यमा ध्यान दिन राजनीतिक दलहरुको सुझाव

खार्पुनाथमा तुइन हटाएर झोलुङ्गे पुल

जैविक विविधता अनुगमनका लागि क्यामेरा र जिपिएस उपकरण जडान

आजदेखि धरहरा १२ घण्टा खुल्ने

सूचना आयोगद्वारा डिजिटल प्लेटफर्म सार्वजनिक

प्रतिक्रिया