ग्यास बुलेटले ठक्कर दिँदा एकको मृत्यु

मकवानपुर – पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा–१९ नेवारपानीमा सवारी दुर्घटना हुँदा हेटौँडा–१० निवासी वर्ष ५१ को बुद्धिबहादुर श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिनुभएको छ ।
उनको अनुसार आज दिउँसो पूर्वपश्चिम सडकखण्डअन्तर्गत उक्त स्थानमा मनहरीबाट हेटौँडातर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००२ प ६८८० नम्बरको स्कुटरलाई सोही दिशाबाट आउँदै गरेको भारतीय नम्बर प्लेट एनएल –०१ एन २९९९ को ग्यास बुलेटले ठक्कर दिँदा दुर्घटना भएको थियो ।
श्रेष्ठ मोटरसाइकलमा सवारी थिए । दुर्घटनापछि घाइते भएका श्रेष्ठलाई उपचारको लागि चुरेहिल अस्पतालमा लगिएको र केही बेरमा नै चिकित्सकले उनलाई मृत घोषणा गरेको हो । प्रहरीले मोटरसाइकललाई ठक्कर दिने ग्यास बुलेटका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ । मृतक श्रेष्ठले विगत लामो समयदेखि हेटौँडाको सीमा चोकमा चिया पसल सञ्चालन गर्दै आएका थिए ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया