अर्घाखाँचीमा घट्दै काेभिड संक्रमित

अर्घाखाँची – अर्घाखाँची जिल्लामा काेभिड संक्रमण हुनेको संख्यामा कमी आएको छ । केही दिनअघि ह्वात्तै बढेको संक्रमण पछिल्ला दिनमा कम हुँदै गएको पछिल्लो पाँच दिनको तथ्यांकले देखाएको छ ।
दैनिक २०/२५ जनाका दरले संक्रमित थपिएपछि सक्रिय संक्रमितको संख्या उकालो लागेको अर्घाखाँचीमा माघ १२ गते सक्रिय संक्रमितको संख्या दुई सय २७ पुगेको थियो ।
त्यसपछि १८ गतेसम्म संक्रमित र संक्रमण मुक्त हुनेको संख्या उस्तै उस्तै रहे पनि १९ गतेपछि नयाँ संक्रमित हुनेको तुलनामा संक्रमणमुक्त हुने धेरै देखिएका छन् ।
आज पनि ९ जना नयाँ संक्रमित थपिँदा संक्रमण मुक्त हुनेको संख्या १६ रहेको सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले जानकारी दिए । यससँगै अर्घाखाँचीमा सक्रिय संक्रमितको संख्या १ सय ४४ पुगेको जिल्ला छ ।
जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका अनुसार अर्घाखाँची जिल्लामा हालसम्म ४ हजार ९ सय ४ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । हालसम्म अर्घाखाँची जिल्लामा कोभिडबाट ज्यान गुमाउनेको संख्या ९२ पुगेको छ ।

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया