आफ्नो रेकर्ड नटुट्दा दुःखी छिन् हेल बेरी

लसएन्जल्स : अभिनेत्री हेल बेरीले अस्करमा आफ्नो रेकर्ड कसैले नतोडेको दुःख व्यक्त गरेकी छिन् । हेल बेरी २० वर्षसम्म पनि अस्करमा उत्कृष्ट अभिनेत्रीको अवार्ड जित्ने एक मात्र अश्वेत महिला हुन् ।
बेरीले सन् २००२ मा फिल्म ‘मन्स्टर बल’का लागि उत्कृष्ट अभिनेत्रीको अवार्ड पाएकी थिइन् । २० वर्षअघि बेरीले यो अवार्ड जित्दा यसलाई महत्वपूर्ण क्षणको रुपमा लिइएको थियो । त्यसयता अस्करमा अश्वेत अभिनेत्रीका लागि पनि उत्कृष्ट अभिनेत्रीको अवार्ड जित्ने बाटो खुलेको थियो । तर, बीचमा केही अभिनेत्रीले मनोनयन पाए पनि हेल बेरीको रेकर्ड तोड्न सकेनन् ।
‘म पछि थुप्रै अश्वेत महिलाले यो अवार्ड जित्लान् भन्ने लागेको थियो । तर, कुदा कुर्दा २० वर्ष बितिसक्यो,’ उनले भनिन् । उनले हरेक साल अवार्ड समारोहमा अब त होला, अब त होला भनेर कुर्ने गरेको तर निराश हुने गरेको बताएकी थिइन् ।
‘डाइ एनोदर डे’मा जेम्स बन्ड गर्ल बनेकी हेल बेरी अघि १२ जना अभिनेत्री उत्कृष्ट अभिनेत्रीको मनोनयनमा परेका थिए । तर, कसैले पनि अवार्ड जित्न सकेनन् । तर, सहायक अभिनेत्रीको विधामा भने अस्करको इतिहासमा ८ जना अश्वेत अभिनेत्रीले अवार्ड जितेका छन् ।

अभय दुवाडीको स्वरमा `माछा खोलीमा´ सार्वजनिक

रङ्गकर्मी मणि कुलुङको नाटक ‘हराएको कुकुर’ शनिबारदेखि मण्डला थियटरमा

असार

अछाम-बाजुरा निर्वाचन क्षेत्रको पहिलो सांसद बूढथापाको स्मृतिग्रन्थ लोकार्पण

गायिका एलिना र समीक्षाले भेटे गृहमन्त्री, भेटपछि यसो भन्छिन् एलिना

गायिका एलिना चौहान साइबर ब्यूरोमा, भन्छिन्ः चरित्रहत्या गर्ने अधिकार कसैलाई छैन

विश्वको एउटा फिल्म, जस माथी लागेकाे थियाे १०० देशमा प्रतिबन्ध

प्रतिक्रिया