शुक्रबार ०५ बैशाख, २०८२
Friday, April 18, 2025

बुटवलमा रोकिएको ट्रकसँग कार ठोक्कियो, तीन जनाको मृत्यु

बुटवल - बुटवलको तामनगरमा सवारी दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । दुर्घटनामा दुईजना गम्भर घाइते भएका छ्न् । सोमबार (आज) एकाबिहानै बुटवल उपमहानगरपालिका वडा नम्बर १२ स्थित तामनगर नजिक कोरियन कलेज अगाडि दुर्घटना भएको ईलाका प्रहरी कार्यालय रन्यौराका प्रहरी निरीक्षक जीवन लामिछानेले जानकारी दिए ।

पश्चिमदेखि पुर्व दिशामा रोकिरहेको २ ख ९७७२ नम्बरको ट्रकसँग लु ३ च ४४४२ नम्बरको कार ठोक्किँएको हो । मृत्यु हुनेहरूमा कारमा सवार बुटवल १२ बस्ने सविन थारु, सोही स्थानका गोविन्द चौधरी र कार चालक नेवार नविन श्रेष्ठ रहेका छन् । उनीहरूको शव बुटवलको प्रदेशिक अस्पतालमा राखिएको छ ।

दुर्घटनामा परी गम्भीर घाइते २ जनाको पनि सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ट्रक चालक फरार रहेका छन् । घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।