भारतमा एक महिनापछि पहिलो पटक दैनिक संक्रमितको संख्या एक लाखबाट घटे

नयाँ दिल्ली- भारतमा कोभिड संक्रमितको संख्या निरन्तर घटिरहेको छ । पछिल्लो २४ घन्टामा ८३ हजार ८७६ जना नयाँ संक्रमित भेटिएका छन् । एक महिनापछि पहिलो पटक दैनिक संक्रमितको संख्या एक लाखभन्दा तल झरेको हो । त्यस्तै, पछिल्लो २४ घन्टामा कोभिडका कारण ८९५ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा अझै पनि सक्रीय संक्रमितको संख्या ११ लाख ८ हजार ९३८ छ । कूल संक्रमितको २ दशमलव ६२ प्रतिशत सक्रीय संक्रमित छन् भने कोभिडबाट निको हुने दर ९६ दशमलव १९ प्रतिशत छ । त्यस्तै, कोभिड संक्रमण दर ७ दशमलव २५ छ ।
भारतको ड्रग्स कन्ट्रोलर जनरल अफ इन्डियाले आइतबार स्पुतनिक लाइट खोपलाई आपतकालीन प्रयोगका लागि मान्यता दिएको थियो । योसँगै भारतले कोभिडविरुद्ध ९ ओटा खोपलाई मान्यता दिएको छ । एजेन्सी

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया