मन्त्री यादवविरुद्ध प्रहरीमा उजुरी

काठमाडौं - भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवविरुद्ध जिल्ला प्रहरी कार्यालय रौतहटमा उजुरी परेको छ । नागरिक अभियानकर्मी तारानाथ दाहालले आइतबार डिल्लीबजारस्थित गोश्वारा हुलाक कार्यालयमार्फत जाहेरी दरखास्त दिएका हुन् ।
२०६३ चैत ७ गते गौरमा २७ जना माओवादी कार्यकर्ताको हत्या भएको घटना उल्लेख गर्दै मन्त्री यादवले गत माघ ५ गते गौर नरसंहार दोहोर्याउने अभिव्यक्ति दिएकी थिइन् । मन्त्रीको उक्त अभिव्यक्तिविरुद्ध मुलुकी अपराध संहीता, २०७४ को दफा ३५ को कसुर गर्न दुरुत्साहन दिने र द्वन्द्व फैलाउने जाहेरीमा उल्लेख छ । कानुनअनुसार हदैसम्मकोे कारबाहीको माग गरी उक्त जाहेरी दरखास्त हुलाकमार्फत रौतहट प्रहरीकोमा पठाएको दाहालले बताए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया