बेलायतबाट साढे ८ लाख डोज खोप आयो

काठमाडौँ- कोभ्याक्सअन्तर्गत बेलायतले नेपाललाई कोभिडविरुद्धको ८ लाख बढी खोप उपलब्ध गराएको छ । स्वास्थ्य सेवा विभागअन्तर्गत खोप भण्डारण शाखाकाअनुसार सोमबार ८ लाख ६२ हजार ८० अष्ट्राजेनिका खोप ल्याइएको छ ।
आगामी साता थप करिब १३ लाख डोज खोप प्राप्त हुने भण्डारण शाखाका प्रमुख बडेबाबु थापाले जानकारी दिए । उनले भने,' खोप आयात हुने डकुमेन्ट तयार भइसकेको छैन । तर, आगामी साता थप खोप प्राप्त हुन्छ ।'
हालसम्म विभिन्न मुलुकबाट गरेर ४ करोड ५७ लाख ८ हजार ६४० खोप प्राप्त भइसकेको छ । जसमध्ये २० लाख कोभिशिल्ड खोप भारतबाट र चीनबाट १ करोड भेरोसेल खरिद गरिएको छ ।

साझा यातायातका १५ जना कर्मचारीमा दृष्टिदोष समस्या

नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने

ललितपुर महानगरले गरिदियो एकल महिला र सरसफाइकर्मीको स्वास्थ्य बीमा

यी ६ लक्षण छ ? हुनसक्छ मृगौला फेल

पाकेकाे भन्दा काँचो आँप खादाँ यस्तो हुनेछ ४ फाइदा

स्वास्थ्य मन्त्री पाैडेल अस्पताल भर्ना

डिजिटल स्वास्थ्य सुधारमा नेपाल प्रतिबद्ध छः मन्त्री पौडेल

प्रतिक्रिया