१५ अंकले बढ्यो सेयर बजार, ५ अर्ब २२ करोडको कारोबार

काठमाडौँ- नेपाल स्टक एक्सचेन्ज परिसूचक नेप्से मंगलबार १५ अंकले बढेको छ । आइतबार ४० अंकले बजार सोमबारको कारोबारमा करेक्सन हुँदै १५.६९ अंले बढेको हो। सोमबार २८३६ अंकबाट सुरु भएको बजार परिसूचक बन्द हुने बेलामा २८५१.८६ अंकमा पुगेको छ।
सोमबारको कारोबारमा सेयर बजार परिसूचक १५.६९ अंक अर्थात ०.५५ प्रतिशतले बढेको छ । आजको कारोबारमा ‘क’ वर्गका कम्पनीको सेयर मूल्य मापन गर्ने सेन्सेटीभ इन्डेक्स ३.०५ अंक अर्थात ०.३७ प्रतिशतले बढेर ५३५.३३ अंकमा पुगेको छ ।
आज नेप्सेमा २२४ कम्पनीको ५ अर्ब २२ करोड १७ हजार १ सय ८१ रूपैयाँ बराबरको ९५ लाख १२ हजार ५ सय ८० कित्ता सेयर ६६ हजार १ सय १३ पटक खरिद बिक्री भएको छ ।
बढ्दो बजारमा आज कारोबार भएका कम्पनीहरूमध्ये १ सय ५ कम्पनीका लगानीकर्ताको सम्पत्ति बढेको छ भने ७० कम्पनीको सेयर मूल्य घटेको छ । बजार बढ्दा नेपाल इन्फास्टक्चर डेभलोमेन्ट बैंक, छ्याङ्दी हाइड्रो पावर, सानिमा लाइफ इन्सोरेन्स, नेशनल हाइड्रो पावर कम्पनी लिमिटेड तथा बोटलर्स नेपाल तराई लिमिटेड सर्वाधिक कारोबार गर्ने पाँच कम्पनी रहेका छन् ।
आजको कारोबारमा समूहगत ४ परिसूचकहरू बैंकिङ समूह ०.२१ प्रतिशत, होटेल एण्ड टुरिजम समूह ०.१४ प्रतिशत, माइक्रो फाइनान्स समूह ०.०८ प्रतिशतले घट्दा अन्य समूहगत परिसूचकहरू भने बढेका छन् । आज गुमाउने पाँच कम्पनीमा वुद्धभमि हाइड्रो पावर, सपोर्ट माइक्रो फाइनान्स, साहास ऊर्जा, वीन नेपाल लघुवित्त तथा नेपाल लाइफ इन्सोरेन्स रहेका छन् ।

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

क्याटलले सेरेसको प्लान्टभित्र सुरु गर्यो “फ्याक्ट्री-इन-फ्याक्ट्री” मोडेलमा ब्याट्री…

सुनको मूल्य बढ्यो, कतिमा कारोबार हुँदैछ?

विदेशी मुद्रा कतिमा हुँदैछ कारोबार ?

काठमाडौंमा खुल्यो करेन्ट पोइन्टः करेन्ट नुडल्स पारखीले नयाँ स्वाद र फ्लेबरको मज्…

मौद्रिक नीति सार्वजनिक : शेयर धितो कर्जा २५ करोड, घर कर्जा ३ करोड

मौसमी सागसब्जी बेचेर मासिक दुई लाख आर्जन

प्रतिक्रिया