एकसाथ डेढ दर्जन सहसचिवहरूको सरुवा

काठमाडौँ– सरकारले एक साथ दर्जन सहसचिवहरूको सरुवा गरेको छ । जल तथा उर्जा आयोगका सहसचिव नविनराज सिंहलाई प्रदेश नं. १ को ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा सरुवा गरेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका कर्ण प्रसाद न्यौपानेको वाणिज्य तथा आपूर्ति तथा विज्ञान प्रविधि मन्त्रालय धनुषा,महेश आचार्यको अर्थ मन्त्रालयबाट आन्तरिक मामिला मन्त्रालय जनकपुर, उद्धव रिजाल सामान्य प्रशासनको अतिरिक्तबाट मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगर र ईश्वर राज गिरी अतिरिक्तबाट प्रदेश नं. १ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय विराटनगरमा सरुवा भएको छ ।
त्यस्तै, अनुज भट्टचन स्वास्थ्य तथा मन्त्रालयबाट स्वास्थ्य मन्त्रालय प्रदेश नं. १, टेक बहादुर केसी लोक सेवा आयोग तथा अन्तर्गतबाट प्रदेश प्रमुखको कार्यालय गण्डकी, विनोद बहादुर कुँवर सामाजिक विकास मन्त्रालय गण्डकीबाट प्रदेश लोक सेवा गण्डकी, देवेन्द्र लामिछाने अतिरिक्तबाट सामाजिक विकास मन्त्रालय, गण्डकी र श्रीराम तिवारीको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट स्वास्थ्य, मन्त्रालय गण्डकी प्रदेशमा सरुवा भएको बताइएको छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको को अतिरिक्त समूहमा रहेका प्रेमराज गिरी युवा तथा खेलकुद मन्त्रालयमा सरुवा भएका छन् । कृषि तथा पशुपन्छी मन्त्रालयको वासुदेव रेग्मीको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकी प्रदेशमा सरुवा भएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रामशरण सापकोटालाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट आन्तरिक मामिला तथा कानुन मन्त्रालय, सुदूर पश्चिम, राजेन्द्र पराजुली प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्रदेश प्रमुखको कार्यालय प्रदेश नं. २, बलराम निरौला अतिरिक्तबाट भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय बागमती, महेशचन्द्र न्यौपानेलाई पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्रालय लुम्बिनीबाट लाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग र रामहरि ज्ञवालीलाई अतिरिक्तबाट मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुदूर पश्चिम प्रदेशमा सरुवा गरेको हो ।

दोधारा–चाँदनी सुक्खा बन्दरगाहको काम छिट्टै सुरु हुँदैछ : गृहमन्त्री लेखक

टिआइएलाई व्यवस्थित र प्रभावकारी बनाउन लागिपरेका छौँः पर्यटनमन्त्री पाण्डे

प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार

‘प्रधानमन्त्रीको स्पेन भ्रमणबाट मित्र राष्ट्रसँगको सम्बन्ध थप सुदृढ बनाउन सहयोग पु…

'सरकारमाथि चौतर्फी प्रहार भइरहेको छ'

स्वास्थ्यमन्त्री पौडेल डिस्चार्ज

प्रधानमन्त्री ओली स्वदेश फर्किए

प्रतिक्रिया