राप्रपाका उपाध्यक्ष र महामन्त्रीले भने- पूर्वअध्यक्ष थापा पार्टी विभाजनको पक्षमा हुनुहुन्न

काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उपाध्यक्ष ध्रुवबहादुर प्रधानले पार्टीका पूर्वअध्यक्ष कमल थापा पार्टी विभाजन गर्ने पक्षमा नरहेको दाबी गरेका छन् ।
पूर्वअध्यक्ष थापाले सोमबार काठमाडौंमा आयोजना गरेको चियापान कार्यक्रममा सहभागी भएका उपाध्यक्ष प्रधानले सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिनेक्रममा उहाँ पार्टी एकताकै पक्षमा रहेको बताएका हुन् ।
उनले महाधिवेशनले दिएको जिम्मेवारीलाई बहन गर्दै पार्टीलाई एकताबद्ध बनाएर लैजान आफूहरु प्रतिबद्ध रहेको पनि बताए । त्यसका लागि पार्टी अध्यक्ष राजेन्द्र लिङदेनको भूमिका सबैभन्दा बढी हुने उपाध्यक्ष प्रधानको भनाई थियो ।
उनले पार्टीलाई एकताबद्ध बनाएर लैजान आफू लागिपर्ने प्रतिबद्धता पनि व्यक्त गरे । उपाध्यक्ष प्रधानले भने, ‘उहाले पार्टी फुटाउने सोच्नु भएको जस्तो मलाई लागेको छैन । महाधिवेशनले निर्वाचित गरेको हुनाले मेरो दायित्व पार्टीलाई एकताबद्ध बनाएर लैजाने हो । त्यो दायित्व निर्वाचित अध्यक्षको पनि हुन्छ । हामी पार्टी एकताको पक्षमा छौ । एकताबद्ध भएर लैजाने प्रतिबद्धता व्यक्त गर्दछु ।’
पार्टीकी महामन्त्री कुन्ती शाहीले पनि पार्टी विभाजनको पक्षमा पूर्वअध्यक्ष थापा नरहेको बताइन् । उनले पार्टी नेतृत्वले विगतमा पार्टीमा दुःख गरेका कुनै पनि नेता, कार्यकर्तालाई पार्टी भित्र समेटेर लैजानुपर्ने बताइन् । महामन्त्री शाहीले भनिन्, ‘पार्टीका पूर्व अध्यक्ष थापा पार्टी विभाजनको पक्षमा हुनुहुन्न । बरु उहाँले पार्टीलाई सशक्त बनाउन देशव्यापी अभियान चलाउने धारणा राख्नु भएको छ । विगतमा पार्टीमा योगदान गरेका, दुःख गरेका सबै नेता, कार्यकर्तालाई समेटेर पार्टीमा विभाजन आउन नदिन पार्टी नेतृत्व बढि नै सचेत हुनुपर्छ ।’
महामन्त्री शाहीले पार्टीलाई सशक्त बनाउन सबै नेताहरु एकताबद्ध भएर अघि बढनुपर्ने आवश्यक्ता औंल्याएका थिए ।
थापाले आज नयाँ पार्टी गठनका बारेमा छलफल गर्न आफूनिकटका पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई छलफलका लागि बोलाएका थिए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया