देउवा र ओलीको ‘केमेस्ट्री’ मिलेपछि अगाडि सर्याे निर्वाचन

काठमाडौँ– सत्तारुढ गठबन्धनका सहयात्री माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको चाहाना विपरित मन्त्रीपरिषद्को आजको बैठकले स्थानीय तहको निर्वाचन वैशाख ३० मा गर्ने निर्णय गरेको छ ।
निर्वाचन आयोगले जेठ ५ को मिति प्रस्ताव गरेकोमा सरकारले एक कदम अघि बढेर वैशाख ३० मै निर्वाचन गर्ने निर्णय गरेको हो ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले स्थानीय तहको निर्वाचन पछाडि सारेर त्यसभन्दा अघि संघीय संसदको निर्वाचन गर्न गठबन्धनमा प्रस्ताव गरेका थिए ।
संविधान र स्थानीय तह निर्वाचन ऐन, २०७३ को प्रावधान बाझिएको भन्दै उनले स्थानीय तहको निर्वाचन गाउँसभा/नगरसभाको म्याद सकिएको ६ महिनाभित्र गर्न सकिने संविधानको व्यवस्था अनुसार ऐन संशोधनको प्रस्ताव गरेका थिए ।
तर आइतबार स्थानीय तहको चुनाव, एमसीसीसँगको सम्झौता लगायतका विषयमा छलफल गर्न तीन दलका शीर्ष नेताको बैठक बसेको थियो । कांग्रेस र एमालेले भने स्थानीय तहका जनप्रतिनिधिको पदावधि सकिने पाँच वर्षभित्रै निर्वाचन गराउनुपर्ने मत राख्दै आएका थिए ।

दोधारा–चाँदनी सुक्खा बन्दरगाहको काम छिट्टै सुरु हुँदैछ : गृहमन्त्री लेखक

टिआइएलाई व्यवस्थित र प्रभावकारी बनाउन लागिपरेका छौँः पर्यटनमन्त्री पाण्डे

प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार

‘प्रधानमन्त्रीको स्पेन भ्रमणबाट मित्र राष्ट्रसँगको सम्बन्ध थप सुदृढ बनाउन सहयोग पु…

'सरकारमाथि चौतर्फी प्रहार भइरहेको छ'

स्वास्थ्यमन्त्री पौडेल डिस्चार्ज

प्रधानमन्त्री ओली स्वदेश फर्किए

प्रतिक्रिया